• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुर झापा गोल्ड कपका बारेमा राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल


  •    संवाददाता/ बुधबार, माघ ११, २०७९  

  • भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघसंस्थाहरुसँग छलफल गरेको छ । भदपुरस्थित होटल उडल्यान्डमा आयोजित छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्ड कपको पहिलो संस्करणका बारेमा बृहत छलफल गरेको हो ।

    गोल्ड कपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको अध्यक्ष दिपेश ढकालल जानकारी दिए । भद्रपुर झापा गोल्ड कप यही फागुन ७ गतेदेखि १६ गतेसम्म मेची रंगशालामा हुँदैछ ।

    Advertisement

    अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी, सचिवालय सदस्य घनश्याम अधिकारी, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य, नेकपा एकीकृत समाजवादी झापाका अध्यक्ष वेदराज रेग्मी, राप्रपाका बाबुराम पराजुली लगायतले जिल्लाभरि प्रचार गर्दै त्यसका लागि राजनीतिक दल परिचालन हुनुपर्ने सुझाव दिए ।

    Advertisement

    उनीहरुले गोल्ड कप राम्रो र हाम्रो कसरी बनाउन सकिन्छ भनेर लागिपर्न आग्रह गरे । गोल्ड कपलाई स्थायित्व बनाउँदै परिस्कृत गर्न नेतमहरुले सुझाव दिए ।

    त्यस्तै, नगरस्तरीय प्रतिनिधिहरु राम कँडेल, किरण कार्की, शिवकुमार राजभण्डारी, वडाध्यक्षहरु गौरव सुब्बा, बन्धु कार्की लगायत राजनीतिक दलका प्रतिनिधिले आआफ्नो सुझाव राखेका थिए ।

    कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सल्लाहकार तथा नेपाल प्रदेश उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकालले गोल्ड कप झापाको गौरव भएकाले सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे ।

    यसैबीच, गोल्ड कप सचिवालयमा भएको ‘भद्रपुर झापा गोल्ड कप र सहकारी संस्था’ बीचको अन्तरक्रिया कार्यक्रममा स्थानीय सहकारी सञ्चालकहरुले सहयोगको प्रतिबद्धता जनाएका छन् ।

    छलफलमा शालिग्राम नेपाल, जीवन बास्तोला, गोमा घिमिरे, देवी अधिकारी, प्रकाश उप्रेती, युवराज न्यौपाने, कैलाश राई, दिपेन्द्र कटुवाल, भीम श्रेष्ठ, खेमराज नेपाल चन्द्रगढी, अनुज खतिवडा, विजय अधिकारी, चन्द्रकला गौतम, गोविन्द कोइराला, नगरका सहकारी शाखा प्रमुख नेत्र पोखरेल लगायतले आआफ्नो धारणा राखेका थिए ।

    अन्तरक्रियामा गोल्ड कपका महासचिव जीवनकुमार श्रेष्ठले हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए भने सचिव टहलदास मैनालीले सहजीकरण गरेका थिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.