बिर्तामोड- इलामको रोङ गाउँपालिकाले तरकारी उत्पादनका लागि एक करोड रुपैयाँ बजेट प्राप्त गरेको छ । अर्थ मन्त्रालयले उक्त रकम गाउँपालिकालाई उपलब्ध गराएको हो ।
गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो तामाङले ( सुभाष ) सहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादनका लागि रोङका किसानले उक्त रकम पाउने जानकारी दिए ।गाउँपालिकाले कृषि तथा पशुपंक्षी उत्पादन र प्रवर्द्धनमा जोड दिदै आएको अध्यक्ष तामाङले बताए ।
Advertisement







