• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियानमा कनकाई


  •    संवाददाता/ बिहिबार, माघ ०५, २०७९  

  • कनकाई , ५ माघ २०७९ झापाको कनकाई नगरपालिका यतिबेला सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियानमा जुटेको छ ।

    नगरबाट प्रवाह हुने हरेक प्रकारका सेवा–सुविधा नागरिकसम्म सहज एवम् थप प्रभावकारी रुपमा पुर्याउने अभियानमा नगरपालिका जुटेको हो । जसका लागि नगरपालिका सबै तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास हुने खालका तालिम र प्रशिक्षण प्रदान गरेको छ ।

    Advertisement

    प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने
    “नगरपालिकामा आउने सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा प्रदान गरिरहेका छौं, कोही पनि, कुनै पनि काम भएन भनेर पर्खिनु र फर्किनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ”, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले भन्नुभयो ।

    Advertisement

    सोही क्रममा पुस २५ गते नगरका ५० जना जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण दिइएको छ । जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार, समय व्यवस्थापन, आचरण, व्यवहार, योजना तुर्जुमा, भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिनुभयो ।

    त्यस्तै, पुस २६ र २७ गते कार्यालय सहयोगी, चालक, सरसफाइ लगायतका ४७ जनालाई तालीम दिइएको छ । उनीहरुलाई आचरण, व्यवहार, अनुशासन, उत्प्रेरणा लगायतका विषयमा तालीम दिइएको अधिकृत भण्डारीले बताउनुभयो ।

    यस्तै, माघ ३ र ४ गते नगरका शाखा प्रमुख, वडा सचिव लगायत ६७ जनालाई तालीम दिइएको छ । उनीहरुलाई काम, कर्तव्य, अधिकार, कार्यालयगत संचरना लगायतका विषयमा तालीम दिइएको हो । सबै तालीम तथा प्रशिक्षण स्थानीय शासन विज्ञ तारानाथ निरौलाले प्रदान गर्नुभएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।

    कामको प्रकृतिका आधारमा सेवा प्रवाहको मापदण्ड बनाएर लागू गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । “मुख्य उद्देश्य सामुहिक संस्थागत क्षमता विकास नै हो”, उहाँले भन्नुभयो, “टिमवर्क बृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्नु हो ।”

    कनकाईमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेसँगै न्यौपानेले नगरको काम–कारबाही, विकास निर्माण, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने हरेक सम्भव प्रयास गरिरहनुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.