• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माया सापकोटाले आफ्नो जन्म दिनको अवसरमा कपडा बैंक सञ्चालनमा ल्याईन


  •    संवाददाता/ बिहिबार, माघ ०५, २०७९  

  • झापा । शिवसताक्षी नगरपालिकाकी कर्मचारी माया सापकोटाले आफ्नो जन्म दिनको अवसरमा कपडा बैंक सञ्चालनमा ल्याएकी छिन् ।

    शिवसताक्षी नगरपालिका वडा नं. १ निवासी वडा नं. १ को कार्यालयमा कार्यरत सापकोटाले जन्म दिन मनाउने खर्चलाई सदुपयोग गर्दै धरमपुर बजारमा कपडा बैंक सञ्चालनमा ल्याएकी हुन् । हुनेले दिउँ र नहुनेले लिउँ भन्ने नारा दिएर उक्त कपडा बैंक सञ्चालनमा ल्याएको हो ।

    बैंकले असहाय,असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने विश्वास लिएको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । उनले समाजमा भएका धनी वा सम्पन्न परिवारहरुबाट विभिन्न खालका कपडाहरु संकलन गरी निम्न आय वा विपन्न परिवारलाई निशुल्क वितरण गरेर यही नगरपालिकाकी कर्मचारी माया सापकोटाले उदारणीय कामको थालनी गरेकामा उनलाई धेरै धन्यवाद दिएका थिए । कपडा बैंकले धनी र गरिब बीचमा एउटा सम्बन्ध स्थापित गर्ने छ । जसले गर्दा लगाउन मिल्ने र राम्रा कपडाहरुको सदुयोग हुनेछ भने, एउटा विपन्न तथा असाहयहरुको कपडा कै अभावमा चिसो र जाडो खप्नु पर्ने बाध्यता हट्ने उनको भनाई थियो ।

    Advertisement

    कपडा बैंक सञ्चालिका सापकोटा सामाजिक कार्यसमेत गर्ने उद्येश्यका साथ कपडा बैंक सञ्चालन गरेको बताइन् । ‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन । सापकोटाले भनिन्, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं ।

    Advertisement

    उनले बैंकमार्फत प्रयोग गर्न मिल्ने कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जविनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने बताइन् ।

    आजबाट सुरु गरिएको कपडा बैंकका लागि एउटा व्यवस्थित कोठा उपलब्ध गराइदिन पनि धरमपुर बजार समितिलाई सञ्चालिका सापकोटाले आग्रह गरेकी छिन
    ।
    कार्यक्रममा शिवसताक्षी नगरपालिका पूर्व नगरप्रमुख चन्द्रकुमार सेर्मा, पूर्व उपप्रमुख भोजकुमारी नेपाल, नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपाल, कार्यक्रम अधिकृत महेश लामिछाने वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दिलिप घिमिरेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.