४ पुस, झापा । झापाको बिर्तामोड १ कालिकामार्ग टोल स्थित सडकमा कालो तार चुडिएर झुण्डिँदा दुर्घटनाको जोखिम बढेको छ ।
विगत ३ दिनदेखी तार झुण्डिए पनि सरोकारवालाको वेवास्ताका कारण दुर्घटनाको जोखिम बढेको हो ।

सडकको बिच भागमा झुण्डिएको कालो तार रातको समयमा नदेखिँदा कुनैपनि समयमा ठुलो दुर्घटनाका हुनसक्ने देखिएको हो ।
विभिन्न इन्टरनेट तथा केवल च्यानल कम्पनीहरुले अव्यवस्थित रुपमा विजुुलीका पोलमा तार टाँग्दा शहरी सुन्दरतामा ह्रास आउनुका साथै दुर्घटनाका पनि जोखिम पनि बढेको छ ।
Advertisement







