झापा । एभरेस्ट स्मार्ट एजुकेशन एकेडेमीका संस्थापक हरिकुमार प्रसाइको स्वर्गारोहण भएको ४५औं दिनको पुण्यतिथिमा एभरेस्ट स्मार्ट बालक्लवले शैक्षिक सामाग्री बितरण गरेको छ।

अर्जुनधारा नगरपालिका ९ स्थित बालज्योति प्राथमिक बिद्यालयका विद्यार्थीलाई दिवा खाजा, शैक्षिक सामाग्री र खेलकुद सामाग्री हस्तान्तरण गरिएको बालक्लब फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिइन् ।

बिर्तामोड ६ मा रहेकोे एभरेस्ट स्मार्ट बाल क्लबले विभिन्न समयमा रचनात्मक गतिविधि गर्दै आएको अध्यक्ष नित्या शाहले बताइन् ।
Advertisement







