झापा । प्रबिधिमैत्री शिक्षक समाज नेपाल झापाले डिजिटल शैक्षिक सामाग्री प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

झापाको बिर्तामोडमा शनिवार (आज) भएको एक दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन प्रबिधिमैत्री शिक्षक समाज नेपालका जिल्ला अध्यक्ष टीका सुबेदीको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष भूपति बस्यालले गरेका थिए ।

डिजिटल शैक्षिक सामाग्री प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण केन्द्रिय अध्यक्ष बस्याल, केन्द्रिय प्राविधिक समिति संयोजक घनश्याम अधिकारी, प्रदेश नं. १ प्राविधिक समिति संयोजक संजय खत्री, नेपालका प्रदेश अध्यक्ष बालकुमार रेग्मी, झापा अध्यक्ष सुवेदी, सचिव गजमेर, झापा सदस्य कर्मा शेर्मा, प्रेम कटुवाललगायतले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बिर्तामोड नगर शिक्षा अधिकृत दिनेश आचार्य, प्रदेश नं. १ क्यान अध्यक्ष रोशन दाहाल, मेचीनगर युवा तथा खेलकूद शिक्षा प्रमुख होम भण्डारी, हल्दिबारी युवा तथा खेलकूद शिक्षा प्रमुख जनककुमारी कनकाई क्याम्पसका संस्थापक जयनारायण ढुङ्गाना राईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्वागत समाज झापा महिला उपाध्यक्ष मैया दाहालले गरेको कार्यक्रमको सञ्चालन सचिव तीलक गजमेरले गरेका थिए ।
समाजका झापाका ५० जना भन्दा बढिको सहभागीता रहेको थियो ।
प्रबिधिमा शिक्षक लाई अब्बल बनाउदै शैक्षिक सुधार गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुबेदीले जानकारी दिए ।







