झापा । झापाको बाह्रदशी गाउँपालिका स्थित घोडामारा आधारभूत बिद्यालयका बालबालिका लाई न्यानो कपडा बितरण गरिएको छ।
वीरता लेडी जेसिजको आयोजनामा आज ७५ जना विद्यार्थी लाई स्विटर बितरण गरिएको जेसिज अध्यक्ष संगिता गिरिले जानकारी दिईन् । 
वडा नम्बर ५ मा रहेको सो बिद्यालय बिपन्न बर्गका बालबालिका अध्ययनरत रहेका छन् ।
बि एण्ड सि अस्पताल तथा पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको सहयोगमा स्विटर बितरण गरिएको हो।
बिद्यालयका प्रधानाध्यापक लाल बहादुर राजबंशीले स्वागत गरेको कार्यक्रममा शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपाने ,जेसिज पुर्व अध्यक्ष कन्चना ढकाल सिटौला , उपाध्यक्ष मुना ढुङ्गेल शुभकामना राखेको कार्यक्रममा प्रकाश मेनुका ओलि र आस्था बाचन संगिता सुबेदीले गरेकी थिइन् । 
जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवारको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अभिभावक तथा बालबालिकाको उपस्थिति रहेको थियो । 
अध्यक्ष संगिता गिरिले मानव सेवालाई सर्बोपरी ठानी बालबालिकालाई चिसो बाट बचाउन कपडा बितरण गरिएको बताइन् । उनले आफू काम गर्नैका लागि २०२३ को अध्यक्ष भएकाले सामाजिक रुपान्तरणमा काम गरेर परिणाममुखी बनाउने बताइन् ।







