• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कनकाई सामुदायिक वनको साधारणसभामा सञ्चारकर्मी तिम्सिना सहित दर्जनौं सम्मानित


  •    संवाददाता/ शनिबार, पुष २३, २०७९  

  • २३ पौष २०७९ कनकाई , झापाको कनकाई नगरपालिका स्थित तराईकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वनको २४ औं साधारणसभामा सञ्चारकर्मी चुडामणि तिम्सिना ( सिएम शर्मा ) सहित दर्जनौं सम्मानित भएका छन् ।

    ठोस खबर डट कमका संचालक/ सम्पादक तिम्सिनाले सञ्चार माध्यमबाट वन क्षेत्रको संरक्षण , संवर्धन र विकासमा पुर्याएको सहयोगको मुल्यांकन गर्दै वनसमुहले समुहको साधारणसभाको अबसरमा तिम्सिनालाई नगद सहित सम्मान गरेको हो ।

    Advertisement

    त्यसैगरी कार्यक्रममा वन समुहका कर्मचारी मोतीबहादुर मगरलाई उत्कृष्ट कर्मचारीकोरुपमा सम्मान गरिएको थियो । साथै उत्कृष्ट नतिजा तथा जेहन्दार बिद्यार्थी तर्फ उपभोक्ता सदस्यका छ‍ोरा छोराछोरीहरु रिजन सुवेदी , अनुषा राई , रोषन ( प्रनिषबाबु ) , निरुपणा प्रसाईं , निर्मला रिजाल , विमर्श दाहाल लाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र सम्मान पत्र प्रदान  गरिएको  छ । त्यसै गरि फरक क्षमता भएका मोहन बहादुर गुरुङ , ज्ञानबहादुर लिम्बू , पञ्चसिला भुजेल , डम्बरबहादुर दर्जी र बिरबहादुर लिम्बूलाई पनि सम्मान गरिएको  छ ।

    Advertisement

    कार्यक्रममा समुहको दशौ समितिको कार्यकाल चलिरहदा पुर्व कार्य समितिलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै पाचौं पुर्व कार्यसमितिका पदाधिकारी हरुलाई सम्मान गरिएको छ । त्यस्तै दशौ कार्यसमिति छनौटका निमित्त जिम्मेवारी निर्वाह गरेर कार्य सम्पन्न गरेको निर्वाचन समितिलाई पनि सम्मान गरिएको छ ।

    जेष्ठनागरिक तर्फ दलबहादुर कटुवाल , पवित्रा देवी तिम्सिना , चन्द्र प्रसाद उप्रेती , लिलादेवी चापागाईं , मर्करध्वज सुवेदी , टिकादेवी मैनाली , पुण्यप्रसाद मैनाली , बाले मुर्मु मातालाई ज्येष्ठ नागरिकको रुपमा अभिनन्दन सहित कपडा र नगद बाट सम्मान गरिएको छ ।

    वन संग प्रतक्ष जोडिएका ३४१७ घर धुरी सदस्य रहेको वन समुहको साधारणसभामा अध्यक्ष ख्याम ओलीले वन संरक्षण समिति लगायत ९ औं कार्यसमितिको चौथो बर्षको कार्यक्रमको मुल्यांकन साथै दशौ कार्यसमितिको प्रथम बर्षको बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
    तेस्तै अध्यक्ष ओलीले आर्थिक बर्ष २०७८/२०७९ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समुहबाट सन्चालन गरिने निति तथा कार्यक्रमका साथै चालू आर्थिक बर्ष २०७९/२०८० मा विभिन्न शिर्षकबाट आम्दानी तर्फ र खर्च तर्फ समेतको अनुमानित आय व्यय १ करोड ८९ हजार २ सय ३७ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

    त्यसैगरी बन समुहका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक श्री प्रसाद खरेलले समुहको २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्तसम्ममा समुहलाई १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । तेस्तै खरेलले समुहको २०७९/२०८० को अनुमानित अाम्दानी तथा खर्चको बार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत सभामा पेस गर्नुभएको थियोे ।

    कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्ष बाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरिएको थीयो । छलफलपछि दुबै प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बन्दसत्रमा माइन्युट लेखनको जिम्मेवारी समुहका कार्यलय सचिव नेत्र भट्टराई र सल्लाहकार भीष्म मैनालिले सम्हाल्नु भएको थियोे भने माईन्युट प्रमाणीकरण डा. पुण्य प्रसाद पौडेल , कमल मैनाली , तिर्थ खरेल , हरि प्रसाद सेडाई र चन्द्र मैनाली भतिजले गर्नु भएको थियोे ।

    “वन संरक्षण गरौ देशको वातावरण जोगाऔं ” भन्ने मुल नाराका शनिबार वन समुहको प्राङ्गणमा समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य माननीय राधाकृष्ण खनाल , भक्तिप्रसाद सिटौला , लखी गणेश , पुर्व मन्त्री तथा पुर्व प्रदेश शभा सदस्य हिराकुमार थापा , कनकाई नगर उप प्रमुख आशा शर्मा शिवाकोटी , सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख शुरेस कुमार खनाल , राजनीति दल तर्फबाट दुर्गा प्रसाईं र कनकाई वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    समुहको सचिव मान्तादेवि काफ्ले खरेलको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष ललित बहादुर कार्कीले स्वागत गर्नु भएको थियोे ।

    कार्यक्रममा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई राधाकृष्ण खनाल, भक्तिप्रसाद सिटौला, लखी गणेश कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्र पोखरेल, वन समूहका अध्यक्ष ख्याम ओली लगायतका अतिथिहरुले सम्मान–पत्र, खादा प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.