नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पुग्न नदिने रणनीतिमा लागेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन्। देउवाले सरकार बाहिरै रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका छन् ।
प्रधानमन्त्रीको प्रस्ताव आएको स्वीकार्दै राप्रपाले पनि अस्थिरताको कारण नबन्ने स्पष्ट पारेको छ ।विश्वासको मत पुर्याउन नदिनु कांग्रेसको प्रतिपक्षी धर्म नै हो ।संविधानको धारा ७६ ९२० अनुसार पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ गते विश्वासको मत लिँदै छन् ।
तर, ८८ सिटको पहिलो दल कांग्रेस सत्ता गठबन्धन टुटाएर दाहालको कार्यकाल २६ गते नै अन्त्य गर्ने दाउमा छ ।
प्रधानमन्त्री दाहालसँग अहिले १६९ सांसदको समर्थन छ । राप्रपा र राजपाले बाटो फेरे भनेपनि दाहालसँग १४३ मत हुन्छ ।सरकारको निरन्तरताका लागि १३८ मत चाहिन्छ । दाहालको सत्तायात्रा टुंग्याउन कांग्रेसलाई जनमत र नागरिक उन्मुक्तिको पनि साथ चाहिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री नै अफर गरेको खबर सार्वजनिक भएका छन् यद्यपी त्यो खबरको खण्डन गर्दै लामिछाने र लिङ्देनले अस्थिरताको कारक नबन्ने स्पष्ट जवाफ दिइसकेका छन् । कांग्रेसका नेताहरु सरकार परिवर्तनबारे कसैसँग घनिभूत संवाद नभएको दावी गरेका छन् ।
प्रचण्डले कथम्कदाचित विश्वासको मत पाएनन् भने अर्को सरकार राष्ट्रपतिले ७६ ९३०मा टेकेर सरकार गठन गर्न आव्हान गर्ने संभावना बढि रहन्छ ।त्यसबेला संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अल्पमतको सरकार बनाउने छन् ।मुलुक क्रमशः मध्यावधी चुनावतर्फ धकेलिन सक्छ ।मुख नखोले पनि अहिले संसदमा रहेका सबै दल मध्यावधीकै पक्षमा छन् ।







