बिर्तामोड । झापाको बिर्तामोडमा युवा व्यवसायीहरुले मन्त्र थकाली सञ्चालनमा ल्याएका छन् ।
बिर्तामोडको अदुवा खोला उत्तरपट्टी मन्त्रको बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी हुन् ।

युवा व्यावसायिहरु उमेश खरेल ,दिपक काफ्ले, सुभम घिमिरे, सुरज खड्काले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । मन्त्रमा खानालाई विशेष प्राथमिकता दिइने र ग्राहकको माग अनुसार सेवा दिने संचालनले बताए ।
करिव ५५ लाख लगानीमा संचालनमा आएको थकालीमा खानाका लागि पाल्पाको दाल, घरेलु मसलाहरु प्रयोग गरिने संचालन उमेश खरेलले बताए ।
कार्यक्रमको संचालन आशा गुरुङले गरेकी थिइन् ।
Advertisement







