बोर्ड भन्छ अब हुन्छ
सरकार भन्छ टुङ्गो छैन
न गर्नेलाई थाहा छ न गराउनेलाई
यसै तनाब बिद्यार्थीलाई
उसै तनाब बिद्यार्थीलाई
पढ्न बसौँ
अल्छी लाग्छ
समाचार सुनौ
सातो भाग्छ
न घरमा
न घाटमा
हामी बिद्यार्थी
अब भन शिक्षा मन्त्री
तिमीले तिम्रो गृहकार्य कहिले सक्छौ ?
अनि
मजाले बसेर गिरिराज कुखुरो कहिले खान्छौ ?
Advertisement







