झापा । भद्रपुर नगरपालिकाले बालमैत्री दिवसको अवसरमा स्थानीय बिदा दिएको छ ।
बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा भएकोमा प्रत्येक बर्ष झै यस बर्ष पनि बिदादिने निर्णय गरेको छ ।
प्रदेश नम्बर १ कै पहिलो र देशको पाचौं बाल मैत्री नगरका रुपमा २ बर्ष अघि घोषणा गरिएको थियो ।
नगरपालिकाले सूचना जारी गर्दै पौष ७ गते बारुणयन्त्र र सरसफाइ बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको जनाएको छ ।
सो अवसरमा चित्रकला ,नृत्य नाटक प्रस्तुत गरिने बाल संजाल अध्यक्ष भावना पोख्रेलले जानकारी दिइन् ।
२०७६ पौष ७ गते नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको थियो ।
Advertisement







