• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारामा नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने


  •    संवाददाता/ आइतबार, मङि्सर २५, २०७९  

  • झापा २५ । झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।

    नमुना सामुदायिक युवा क्लब अर्जुनधाराले आयोजना गरेको प्रतियोगितामा दुई वटा विदेशी टिमसहित ८ टिम सहभागी हुने भएका छन् ।

    Advertisement

    क्लबले आइतबार (आज) खेलमैदानमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । आयोजक क्लबसँगै भारत र अमेरिकाको १ /१ वटा टिम र ललितपुर, सुनसरी, मोरङ, इलाम र झापाको टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष आर.के. महताराले जानकारी दिए ।

    Advertisement

    प्रतियोगितामा इलामको रेडहर्ष एफसी, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, मोरङको डाँगीहाट एफसी, सुनसरीको एन्फा एकाडेमी धरान, आयोजक नमुना सामुदायिक युवा क्लब, ललितपुरको सुनाकोठी सिटी एफसी, भारतको एबीसी एकाडेमी र अमेरिकाको बीवाईसीले सहभागिता जनाउने छन् ।

    अध्यक्ष महताराका अनुसार प्रतियोगिता यहि मंसिर २९ गतेदेखि पौष ७ गते सम्पन्न हुने खेलमा १४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत रहेको रकम स्थानीय विद्यालयमा अध्ययनरत कक्षा ५ मुनिका विद्यार्थीलाई फुटबल प्रशिक्षणमा खर्च गरिने उनले बताए ।

    बिजेता टिमले १ लाख ११ हजार र उप बिजेताले ५१ हजार रुपैयाँ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सुरेन्द्र गिरिले जानकारी दिए। पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, राष्ट्रिय खेलाडी विशाल राई, देवेन्द्र तामाङ, ९ नम्बर खेलकुद विकास समितिका अध्यक्ष सुरेन राईलगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.