झापा बिर्तामोड । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)को आयोजनामा नवौं खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।

एन प्याब्सन झापा कार्यसमितिको आयोजनामा आज बिर्तामोडमा एक कार्यक्रमका बिच विद्यार्थीहरुको रुचि र क्षमता अनुसारका कार्यक्रम संचालन गरिएको जिल्ला सचिव ओम बिक्रम नेङ्वाङ्ले जानकारी दिए ।
चित्रकला प्रतियोगिता मार्फत शुरु भएको प्रतियोगितामा १७ वटा बिद्यालयका ३५ जना विद्यार्थीले सहभागीता जनाएका छन् ।
एन प्याब्सन केन्द्रिय सदस्य सन्जिव राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्लाका विभिन्न निजि बिद्यालयका बालबालिकाको उपस्थिति रहेको थियो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथी राईले निजि बिद्यालयले बालबालिकाका क्षेत्रमा उत्कृष्ट योगदान गरेको र यसलाई राष्ट्रले सम्मान गर्नु पर्ने बताए ।

३ महिना सम्म संचालन हुने प्रतियोगितामा फुटबल ,ब्याट मिन्टन ,टेवलटेनिस,दौड ,हाजिरीजवाफ,नृत्य लगायतका बिधामा प्रतियोगिता हुने जनाईएको छ ।
कोषाध्यक्ष मोहन आचार्यको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिब नेङ्वाङ्ले गरेका थिए।







