• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आहा ! सामुदायिक विद्यालयमा एटेज बाथरुम सहितका कक्षाकोठा

"लकडाउनको सदुपयोग : किशोरीहरुलाई महिनावारी हुँदा प्याड फेर्न मिल्ने बिशेष कक्ष, ब्यवस्थित खेल्ने चौर  "

  •    सरोज पौडेल / सोमबार, भदौ २२, २०७७  

  • माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा आएसँगै सामुदायिक बिद्यालयको स्वरूप परिवर्तन हुन थालेको छ । कतिपय जनप्रतिनिधिहरुले सामुदायिक विद्यालय सुधारको अगुवाइ गरेपछी शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको आस गर्न थालिएको हो ।

    पछिल्लो समय यस्तै सुधार र परिवर्तनको उदाहरण बनेको छ, झापा बिर्तामोड नगरपालिका २ चारपानेमा रहेको वीर अमरसिंह प्राबिधिक माध्यमिक बिद्यालय । बिर्तामोड वार्ड नं २ का निर्वाचित वडा सदस्य समेत रहेका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किशोर पौडेल विद्यालयको भौतिक संरचना र ब्यबस्थापकिय पक्षमा गरिएको परिवर्तनले बालबालिका र अभिभावकमा उत्साह देखिएको बताउँछन् ।

    Advertisement

    Advertisement

    भौतिक संरचना सुधार, खेल मैदान, आधुनिक र बालमैत्री कक्षाकोठा सहित शैक्षिक गुणस्तर समेतमा ध्यान दिईएपछी विद्यालय सुधारको आशा पलाएको स्थानिय अविभावकहरुको भनाइ छ । गत बर्ष सम्म स्कुलको खेल मैदान गौचरन सरह थियो । कम्पाउण्ड नभएकाले कक्षा संचालन भइरहेको समयमा स्थानीयले गाई बस्तु चराउने, बाहिरी मानिसको आवतजावत हुनाले हो हल्ला भैरहने, गाडी ,मोटरसाइकल सिक्ने जस्ता गतिविधिले बालबालिका लाई खेल्ने र मनोरञ्जन गर्ने ठाउँको अभाव थियो ।

    लकडाउनको समयलाई बिद्यालयले सदुपयोग गर्दै हाल १ बिगाहा क्षेत्रफलमा रहेको खेलमैदान घेराबारा गरेको छ । वडा कार्यालय मार्फत नगरपालिकाले १४ लाख बजेट बिनियोजन गरिदिए पछि एउटा मुल गेट सहित ४ वटा गेट निर्माण सम्पन्न भएको छ ।

    घेरावारा नहुँदा चौरीमा मधु,चाउचाउ ,चक्लेटका खोल भेटिन्थे ,त्यहाँ बालबालिकाहरुलाई खेल्न र अन्य गतिविधि गर्न गाह्रो थियो । गोवरमा बालबालिका चिप्लिएर लड्ने गर्थे । तर अहिले घेराबारा पश्चात् बालबालिकाहरु रमाएर खेल्न सक्ने भएका छन । चौरमा उम्रीएको घाँस स्थानीयले काटेर लाने गरेका छन । बाताबरण पनि हरियाली भएको छ । कम्पाउण्ड खुल्लै हुँदा बालबालिका असुरक्षित थिए, अहिले ब्यबस्थापन गर्न पाएकोले केही सुरक्षीत महसुस भएको विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष किशोर पौडेल बताउँछन् ।

    यतिमात्र होइन नगरपालिकाको १६ लाख र आन्तरिक श्रोत बाट ८ लाख रुपैयाँमा जुटाएर विद्यालयमा २ कोठे आधुनिक भवन समेत निर्माण भएको छ । एटेज ट्वाइलेट,बाथरुम सहितको आधुनिक भवन बनाउन पाएकोले सरसफाइमा सहज हुने प्रध्यानाध्यापक यदुनाथ अधिकारीको विश्वास छ । जम्मा ४०/४५ मिनेटको टिफिनको समयमा १ हजार भन्दा बढी विद्यार्थीलाई सानो ट्वाइलेटले समस्या हुने गरेको थियो । किशोरीहरुलाई रजस्वला भएको बेला सेनेटरी प्याड फेर्न समेत धेरै गाह्रो थियो । अहिले उनीहरुका लागि पनि बिशेष कक्ष निर्माणको कार्य भइरहेको अधिकारीले बताए ।

    अबका दिन दुर्गन्ध रहित बातावरणमा विद्यार्थीले अध्ययन गर्नेछन् । अध्यक्ष पौडेल भन्छन्, “बालबालिका पढ्ने विद्यालय बालमैत्री हुन्छ त्यो अभियानमा हामी छौँ ।” प्रत्येक कक्षाकोठामा खानेपानीको धारा ,पंखा र आवश्यक बस्तु राखिएको छ । विद्यालयलाई राजनीति भन्दा टाढा राख्दै सबै एकजुट भएर लागेमा शैक्षिक गुणस्तर कायम गर्न सकिन्छ, बालमैत्री कक्षाकोठा र खेलमैदान निर्माण गर्न सकिन्छ । वीर अमरसिंह प्राविधिक मावि पछिल्लो समय यहि कुराको उदाहरण बन्दै गएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.