• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

म भुमीपुत्र हु त्यसकारण म सांसद बन्छु


  •    संवाददाता/ सोमबार, कार्तिक २१, २०७९  

  • झापा, कात्तिक २१ । झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार कुमार भट्टराईले मंसिर ४ को निर्वाचनमा आफू २५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुने दावी गरेका छन् ।

    ट्युवेल चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार भट्टराईले झापा क्षेत्र नं २ मा आफ्नो बलियो उपस्थिति रहने दावी गरेका हुन् ।उनले भने म भुमिपुत्र हु त्यसकारणले सांसद बन्छु ।

    ‘मलाई सबैतिरबाट भोट आउँछ’ सोमवार पत्रकार सम्मेलन गर्दै उनले भने,‘ कांग्रेस , एमाले , राप्रपा , माओवादी , आदिवासी ,मधेसी , उद्योगी , व्यवसायी ,बुद्धिजीवि , संचारकर्मी , कलाकारलगायत सबैले मलाई सहयोग गर्छन् ।’ यसअघि भट्टराई नेपाली कांग्रेसमा सक्रिय रुपमा आवद्ध रहेका थिए । कांग्रेसले सत्तारुढ गठबन्धनभित्रको माओवादीलाई झापा २ दिएपछि असन्तुष्ट हुँदै उनले बागी उम्मेदवारी दिएका हुन् ।
    उनलाई पार्टीले निष्कासनको कार्वाही गरिसकेको छ । झापा क्षेत्र नं २(१) मा करिव २२ हजार मत भएको कांग्रेसले २४० मत भएको एकीकृत समाजवादीको कलम चिन्हमा भोट हाल्नुपर्ने निर्णयलाई कांग्रेस कार्यकर्ताहरुले मान्न नसकेर आफूले उम्मेदवारी दिनुपरेको उनले बताए । सिके प्रसाईको चिन्तनलाई आत्मसात् गरी कार्यकर्ताहरुको भावना बुझेर नेपाली कांग्रेसको वर्चस्व जोगाउन आफ्नो उम्मेदवारी भएको भट्टराईको भनाई थियो ।

    Advertisement

    पत्रकार सम्मेलनमार्फत् उम्मेदवार भट्टराईले १६ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । पद र शक्तिको दुरुपयोग नगर्ने ,विधिको शासनभन्दा बाहिर गएर कुनै पनि निकाय र कर्मचारीलाई दवाव नदिने ,महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्ने , कुनै पनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन नगर्ने ,सरकारलाई पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सँधै खबरदारी गर्ने, लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहने , राष्ट्रिय स्वाधीनता, देशको अखण्डता र राष्ट्रिय सुरक्षाको विषयमा अविचलित भई उभिने , नैतिकतामा प्रश्न उठे राजीनामा दिने र छानबिनका लागि सहयोग गर्ने ,भूमिहीन किसान, पिछडिएको वर्ग र समुदायको हितलाई प्राथमिकतामा राख्ने ,सन्तुलित विकासको पक्षमा उभिने , निःशुल्क स्वास्थ्य र शिक्षा दिनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न प्रयत्न गर्ने ,आयात प्रतिस्थापन गर्ने विधिका पक्षमा बोल्ने ,व्यापार घाटा घटाउन सहयोग गर्ने ,रोजगारीका अवसर सिर्जना गर्ने प्रयत्न गर्नेलगायतका प्रतिवद्धता उनले जनाएका हुन् ।

    Advertisement

    ‘ म जनताका लागि भएको , हिजो पनि जनताको बीचमा थिएँ, आज पनि जनताको सेवामा छु, भोलि पनि जनसेवामा सक्रिय हुनु मेरो कर्तव्य हुनेछ’ उनले प्रतिवद्धतामा भनेका छन् ‘ मतदाताको बलियो विश्वासको जगमा उभिएर भन्छु, राष्ट्र र राष्ट्रियताप्रति मेरो इमान्दारिता सँधै जाँच होस् ।’

    विद्यार्थी कालदेखि उनले राजनीति शुरु गरेका उनी विगत देखि कांग्रेसमा थिए । अहिले स्वतन्त्र भएका भट्टराई बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भट्टराई नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का प्रवक्ता हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.