झापा । मेचीनगरबाट प्रसारण हुँदै आएको रेडियो मन्त्रको स्टेशन मेनेजरमा पत्रकार मनिषा गौतम नियुक्त भएकी छन् ।
इटाभट्टामा रेडियोको कार्यालय रहेको छ । १०५.४ मेगाहर्जमा प्रसारण भइरहेको रेडियो मन्त्र यही भदौ १६ गतेदेखि सञ्चालनमा आएको हो ।
रेडियो पत्रकारितामा क्रियाशील पत्रकार गौतमले रेडियो मन्त्रलाई नयाँ उचाईमा पुर्याउनु आफ्नो भूमिका रहने बताएकी छन् ।
रेडियोले समाचार , विभिन्न कार्यक्रम उत्पादन र प्रकासन गर्दै आएको प्रवन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिए।
Advertisement







