५ कार्तिक, बैगुनधुरा । केर्खा एफसी झापा माथी १-० को संघर्षपूर्ण जित निकाल्दै जहदा एफसी मोरङ बैगुनधुरामा जारी दोश्रो आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गौरादह-९ बैगुनधुरा स्थित अमर माविको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा जहदाका लागि एकमात्र गोल भुवन बस्नेतले गरे ।
उनी खेलको म्यान अफ द म्याछ समेत चुनिए । प्रतियोगिता अन्तर्गत भोलीको अन्तिम सेमिफाइनल खेलमा शनिश्चरे एफसी झापा र उर्लाबारी एफसी मोरङ दिउँसो ३ बजे भिड्ने आयोजक गतिशील युवा क्लवले जनाएको छ ।
Advertisement







