• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा २ का एमाले उम्मेद्बार संग सम्पादक


  •    संवाददाता/ बुधबार, कार्तिक ०२, २०७९  

  • झापा । नेकपा एमालेले झापा क्षेत्र नम्बर २ मा सम्पादकसँग उम्मेद्वारहरु कार्यक्रम सम्पन्न गरेको छ ।

    संयुक्त निर्वाचन परिचालन समितिको आयोजनामा बुधवार प्रेस चौतारी झापाको कार्यालयमा आयोजित कार्यक्रममा झापा–२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवराज घिमिरे, झापा–२ (१) का प्रदेशसभा सदस्य उम्मेद्वार एकराज कार्की र झापा–२ (२) का प्रदेशसभा सदस्य उम्मेद्वार चिन्तन पाठकसँग निर्वाचन क्षेत्र भित्र कृयाशिल सञ्चार माध्यमका सम्पादकसँग अन्तरक्रिया गरिएको हो ।

    Advertisement

    नेकपा एमाले र राप्रपाले तालमेल गरी झापामा साझा उम्मेद्वार तय गरेको छ। झापा–२ मा प्रतिनिधि सभा उम्मेद्बार घिमिरेलाई केन्द्रिय राजनीति र स्थानीय सवालका भुमिकाका विषयमा सम्पादकले उत्तर मागेका थिए । उम्मेद्बार घिमिरेले राजनैतिक ,बैचारिक विषयमा आफू सधै दृण रहेको र सामाजिक जनजिबिका साथै राष्ट्रिय हितमा आफू र आफ्नो पार्टीले काम गरेको जनताले नजिक बाट महसुस गरेकाले निर्वाचन जित्ने कुरामा कुनै समस्या नभएको बताए । हिजोको सहयात्री आजको प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेद्बार हरि राना राजनैतिक रुपमा बिरामी परेको बताए ।
    यस्तै प्रदेशसभा तर्फका उम्मेद्वारहरु पाठक र कार्कीले आफ्ना भनाई राख्दै जनताको समस्या बुझेकाले जनतामै गएर अनुमोदित हुने बताए ।

    Advertisement

    सो कार्यक्रममा पत्रकारहरुको जिज्ञासाको समाधान गर्दै निवर्तमान प्रदेशसभा सदस्य तथा सोही पदका उम्मेद्वार कार्कीले यसअघि निर्वाचित भएपछि अधिकांश बाचा पूरा गरेको बताए । बजेटको परिधिमा रहेर काम गर्नुपर्ने भएकाले भनेजति काम गर्न नसकिएको हुनसक्छ । तर पनि सो अवधिमा २० करोड रुपैयाँ आफ्नो क्षेत्रमा ल्याएर देखिने किसिमको काम गरेको उनको भनाई छ ।

    प्रदेशसभाका उम्मेद्बार चिन्तन पाठकले झापामा स्वतन्त्रको हल्ला केही दिनका लागि मात्र भएको बताए । उनले पहिलोपटक संसदीय मोर्चाको चुनावमा लडे प्राबिधिक कारणले स्थानीय तह चुनावमा हारे पनि यसपटक सबैकुरा मिलेको जिकिर गरे ।

    उनले भने ‘पहिला म टिकट बाँड्ने ठाउँमा थिएँ, कोही खुसी र धेरै रुष्ट पनि थिए । उतिबेलाको सन्दर्भ कोट्याउँदे उनले भने ‘अहिले त्यस्तो अवस्था छैन, पहिला भएका त्रुटीलाई पनि सच्याएर अघि बढेको छु ।’

    क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले प्रकाश पारेका थिए ।
    सम्पादकसँग उम्मेद्बार कार्यक्रम जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा गर्ने तयारी रहेको जनाइएको छ । सो कार्यक्रमको सञ्चालन प्रेस चौतारी जिल्ला उपाध्यक्ष प्रदीप परियारले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.