शिवसताक्षी । झापाकाे शिवसताक्षीमा मलामी बाेकेकाे बस अनियन्त्रित भई दुर्घटना भएकाे छ । ना ७ ख २६५१ नम्बरको बस दुर्घटनामा परेको हाे । आज कन्काईबाट दहासंस्कार सकेर मलामी लिएर कुञ्जिबारी तर्फ जाँदै गरेकाे बस शिवसताक्षी ९ स्थित झरना पुल नजिक महेन्द्र राजमार्ग दक्षीण रहेकाे रुखमा अनियन्त्रित भइ ठाेकिदा दुर्घटना भएकाे छ । दुर्घटनामा २८ जना घाइते भएका छन्।त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइते सबैको बिर्तामोड स्थीत वि एण्ड सी अस्पतालमा उपचारका भइरहेकाे छ।
Advertisement







