• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकारिता पेशालाई मर्यादित र स्वच्छ बनाउँदै निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड


  •    संवाददाता/ बुधबार, कार्तिक ०२, २०७९  

  • विराटनगर । पत्रकारिता पेशालाई मर्यादित र स्वच्छ बनाउँदै पत्रकारहरुले निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने मंगलबार प्रदेश नं.१ को विराटनगरमा सम्पन्न भएको प्रदेशस्तरीय कार्यशालाका सहजकर्ताहरुले जोड दिएका छन् । मिडिया एक्सन नेपालद्वारा आयोजित पत्रकारहरूलाई निस्पक्ष रिपोर्टिङ तथा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथामका विषयमा अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकहरुले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा निष्पक्ष भएर समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्न सुझाइएका छन् ।

    मिडिया एक्सन नेपालका अध्यक्ष एवम् सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भन्दै निर्वाचनको बेला पत्रकारले चनाखो भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनी भन्छन्–“पत्रकारले अड्कलबाजी गरेर उम्मेदवारको पक्षपोषण गर्नु पत्रकार आचारसंहिता विपरीत हो ।” उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनु पर्ने बताए । समाचार संकलनका क्रममा हुन सक्ने विषयमा चनाखो बन्नु पर्ने र यस्तो अवस्थामा राजनीतिक दल तथा उम्मेद्वारले प्रभावित बनाएर समाचारमा प्रभाव पार्न सक्ने भएकाले सचेत बन्नु पर्ने धारणा ब्यक्त गरे ।

    Advertisement

    उनले पत्रकारलाई प्रयोग गरेर र्दुष्प्रचार गर्न सक्ने भएकाले तथ्यलाई आधार माने मात्रै समाचार प्रकाशन तथा प्रशारण गर्न आग्रह गरे । सञ्चार विज्ञ पन्तले समाचार संकलनदेखि नै सचेत बन्नु पर्ने बताए । उनले गोपनियताको विषयमा ध्यान दिदैं हरेक विषयमा सचेत बन्नु सुझाव दिए ।

    Advertisement

    कार्यक्रममा प्रशिक्षक प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुसालले निर्वाचनको समयमा पत्रकार आचारसंहितासँगै निर्वाचन आचारसंहितालाई पनि गम्भिरतापूर्वक पालना गर्नु पत्रकारहरुको कर्तव्य भएको उल्लेख गरे । उनले काउन्सिलले सबै सञ्चारमाध्यमको अनुगमन गरिरहेकाले जिम्मेवार बनेर समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले पत्रकारले भ्रामक समाचार लेख्न नहुने धारणा ब्यक्त गरे ।

    त्यस्तै मानव अधिकार विज्ञ यामबहादुर दुराले निर्वाचनको तीन वटा चरण अन्र्तगत निर्वाचन अघि, निर्वाचनको दौरान र निर्वाचन पश्चात् गरिने समाचार सम्प्रेषणमा सचेत हुनुपर्ने बताए । उनले निर्वाचन र मानव अधिकार संगसंगै जोडिने भएकाले त्यस अवस्थामा समाचार संकलन गर्दा हरेक विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

    आयोजक मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रिंयका झाले निर्वाचनका सिद्धान्तहरु भनेको नै निष्पक्ष, स्वतन्त्र, त्रास रहित र सबैको पहुँचमा निर्वाचन हुनुपर्ने भएको हुँदा कोही पनि छुट्नु नहुने बताएकी छिन् । उनले महिलालाई यस्तो अवस्थामा गलत अफवाह फैल्याएर निरुत्साहित बनाउन सक्ने भएकाले सञ्चार माध्यम लैङ्गिक सवालका विषयमा सचेत बन्नु पर्ने बताइन् । उनले अपाङ्ग,गर्वभती महिला, ज्येष्ठ नागरिक लगायतका सवाललाई पनि सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

     

    कार्यक्रममा अध्यक्ष पन्तले निर्वाचनको निष्पक्ष मिडिया कभरेज नैतिकता र व्यावसायिकताको सवाल, प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत भुसालले पत्रकारहरुको आचारसंहिता, मानव अधिकार विज्ञ दुराले निर्वाचनमा स्वच्छ समाचार सम्प्रेषण र मानव अधिकारको सवाल तथा उपाध्यक्ष झाले दुष्प्रचार र घृणायुक्त अभिव्यक्तिको न्यूनिकरण र रोकथामलगायतका विषयमा सहजिकरण गरेका थिए ।

    प्रदेश नं.१ का झापा, मोरङ र सुनसरीका पत्रकारको सहभागिता रहेको  थियो । मिडिया एक्सन नेपालले आयोजना गरेको प्रशिक्षणले निर्वाचनका समयमा उठान गर्नुपर्ने सवाल र स्रोताको भरपर्दा पर्न सक्ने प्रभावका विषयमा ज्ञान लिने अवसर प्राप्त भएको प्रशिक्षार्थी बिनु तिम्सिनाले बताइन् । उनले निर्वाचनको समयमा पत्रकार उम्मेद्वारको मात्रै पछि कुद्ने प्रवृत्तिले समाजका धेरै सवालहरु ओझेलमा पर्ने गरेको प्रशिक्षण पश्चात थाहा पाएको उल्लेख गरिन् ।

    त्यस्तै प्रशिक्षार्थी छविराज ढकालले उम्मेद्वारले गर्ने भाषणाको भरमा पर्दा समाजमा भ्रम सिर्जना हुन सक्ने तर्फ प्रशिक्षणबाट सिक्ने मौका पाएको बताए । उनले लैगिक समान्ताका सवाल, अल्प संख्यकका सवाल तथा निर्वाचन अघि र निर्वाचन पश्चात हुन सक्ने विषयलाई आगामी दिनमा उठान गर्ने बताए ।

    अध्यक्ष पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका सञ्चार शाखाकी कमला निरौलालगायतले शुभकामना दिएका थिए । मिडिया एक्सन नेपालका प्रदेश नं.१ का संयोजक नरेन्द्र ढकालले सञ्चालन गरेको कार्यक्रममा सहभागी पत्रकारहरुले निर्वाचनलाई निष्पक्ष बनाउन उठान गर्नुपर्ने विषयमा जिज्ञासा राखेका थिए । मिडिया एक्सन नेपालले हालसम्म १० हजारबढी पत्रकारलाई प्रशिक्षण प्रदान गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.