२७ असोज, झापा । झापा क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेद्बार कुमार भट्टराईले पानी पेल्ने कल ( ट्युबवेल )चुनाव चिह्न पाएका छन् ।
नेपाली काङ्ग्रेसले गठबन्धनका तर्फबाट माओवादी लाई उम्मेद्बार बनाएपछि असन्तुष्ट बनेका भट्टराईले बागी उम्मेद्बारी दिएका थिए ।
काङ्ग्रेसले उनलाई हिजै कारबाही गर्दै पार्टी बाट निष्कासन समेत गरिसकेको छ। स्थानीय देखि केन्द्र सम्मको दबाब आएपनि काङ्ग्रेस नेताले उम्मेद्बारी फिर्ता लिन र पार्टीको निर्देशन मान्न गरेको आग्रह अस्विकार गरेका थिए।
भट्टराईले स्वतन्त्र मात्र नभई आफू काङ्ग्रेसको प्रतिनिधि पात्र पनि भएको बताए ।
Advertisement







