असोज २४ बिर्तामोड । झापा निर्वाचन क्षेत्र २ नम्बर (क) बाट नेकपा (एकीकृत समाजवादी) का तर्फबाट पुष्पराज पोखरेल उम्मेद्वार बनेका छन् । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य पोखरेल आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट झापा क्षेत्र नं. २ (क) बाट साझा उम्मेद्वार बन्ने भएका हुन् ।
नेता पोखरेल पूर्व सांसद, भद्रपुर नगरपालिकाका पूर्व मेयर तथा हाल नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज समेत हुन् ।
Advertisement







