• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गरामनी मेलामा मदरगाछ लाई २५ हजार


  •    संवाददाता/ बिहिबार, असोज २०, २०७९  

  • ,असोज २० बिर्तामोड । झापाको गरामनी मेलामा आयोजित सन्थाल नृत्य प्रतियोगितामा प्रथम हुँदै झापा गाउँपालिका– ७ मदरगाछको टोलीले २५ हजार नगद पुरस्कार जितेको छ ।

    प्रतियोगितामा सहभागी अन्य १२ वटा टोलीलाई पछि पार्दै मदरगाछले उत्कृष्ट नृत्य प्रदर्शन गरेको थियो । त्यस्तै प्रतियोगितामा पैवी मार्सल सन्थाल क्लब बनियानी द्वितीय र बाह्रदशी –३ राजगढको नृत्य टोली तृतीय भएको छ । उनीहरुले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार पाएका छन् । प्रथम,द्वितीय र तृतीयसंगै चौथो हुने टीमलाई ७ हजार र पाँचौ हुने टीमलाई ६ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । बाँकी आठवटा टीमलाई पनि पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।

    दुर्गा पूजा तथा मेला समितिका संयोजक किशोर भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए । बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयको आयोजनामा सन्थाल नृत्य प्रतियोगिता गराइएको र त्यसका लागि वडा कार्यालयले बजेट बिनियोजन गरेको वडाध्यक्ष कार्कीले बताए ।

    प्रतियोगितामा पैवी मार्सल सन्थाल क्लब बनियानी , झापा गाउँपालिकाको आदिवासी सन्थाल नृत्य टोली , कमल गाउँपालिका १, गुवाबारी बिर्तामोड ८ , झापा गाउापालिका ७ मदरगाछ , कचनकवल ५ को जियो झर्ना सन्थाल युवा परिवार , कचनकवल ३ दल्की , कन्काई नगरपालिका ५ , बाह्रदशी ३ राजगढ , पर्शि युवा सन्थाल समाज बिर्तामोड ९ , चाँदु मार्सल टीम झापा गाउँपालिका ३ फूलगाछी , खालबारीका पान्डु हास्दाको टीम र पाथीभरा हल्दिवारी ४ जलथलको नृत्य टोलीले भाग लिएका थिए । समापन कार्यक्रमको संचालन कृष्ण श्रेष्ठले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.