शाखा रहित बैंकिङ, शब्द वाट नै प्रस्ट हुन्छ, जहाँ बैंकको शाखा हुदैन तर बैंकिङ सेवा आंसिक रुपमा उपलब्ध हुन्छन् । यस प्रकारको सेवा प्राप्त गर्नु र सेवा प्रदान गर्नु नै शाखा रहित बैकिङ हो । बिना कुनै बैंक शाखा बिभिन्न बिधुतिय माध्यम तथा ऐजेन्ट बाट सेवा सुबिधा मार्फतको बैंकिङ सेवा नै शाखा रहित बैंकिङ हो ।
आजको प्रतिस्पर्धात्मक बैंकिङ सेवाको क्षेत्रमा नयाँ नयाँ सेवा सुबिधा बिकास,बिस्तार तथा स्तरियता बढदै गएको अवस्था छ । शाखा रहित बैंकिङका लोक प्रिय बिधिमा मोवाईल बैंकिङ,उपयोगिता भुक्तानि (बिधुत,खानेपानी ,टेलीफोन,बिमा भुक्तानि ) इन्टरनेट बैंकिङ, अन्तर शाखा, अन्तर बैंक, अन्तर खाता रकमान्तरण, ऐजेन्टको माध्यम बाट उपलब्ध हुने बैंकिङ सेवालाई मुख्य रुपमा शाखा रहित बैंकिङ भनिन्छ ।
भौतिक रुपमा बैंकको शाखा संचालन गर्न आर्थिक तथा प्रबिधिक रुपले कठिन भएको अवस्थामा शाखा रहित बैंकिङ बिधि छरितो, सस्तो, सहज र उपयुक्त हुने गर्दछ । पछिल्लो समयमा नेपालको दुर्गम स्थानमा शाखा रहित बैंकिङ प्रणाली बढी संचालन हुदै आएको पाईन्छ ।







