असोज ८ बिर्तामोड । झापामा स्थानीय तहहरुलाई खबरदारी गर्न बनेको युवा नागरिक समाज झापाले बिर्तामोड नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसकेको र फोहोरमा राजनीति दलले कमाउने धन्दा गरेको आरोप लगाएका छन् ।
आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर युवा नागरिक समाजका अध्यक्ष केशव भण्डारीले त्यस्तो आरोप लगाएका हुन् । नगरपालिकाले कनकाईमा रहेको एक निजी कम्पनीलाई दुई करोड माथि रकम दिने निर्णय गरेको तर त्यसमा एमाले बाहेकका वडाध्यक्षहरूले समर्थन नगरेको बताए ।
समाजका सह- सचीव पुस्प पाठकले बिर्तामोड नगरपालिकाले फोहोर ब्यबस्थापन गर्न नसकेको र निजि कम्पनीको आडमा दलगत स्वार्थ भएको बताए । बिर्तामोड नगरपालिका मा देखिएको फोहोर मैला व्यवस्थापनमा भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन हुने गरि गरिएको कार्य प्रति गम्भिर ध्यानाकर्षण गर्दै गलतलाई लगत सहीलाई सही भन्ने उद्देश्यका साथ हामीले आफ्नो अमूल्य मत दिएर जिताएका बिर्तामोड नगरपालिकाले फोहोर मैला व्यवस्थापन सम्बन्धी गरेको निर्णयको विरोध गर्दै, नगरपालिकाका मेयर पवित्रा महतरा प्रसाईंलाई ध्यानआर्कषण पत्र समेत बुझाएको जानकारी दिए ।
कार्यक्रममा सल्लाहाकार संयोजक जयनारायण ढुङ्गाना, सल्लाहाकार सदस्यहरु जानुका थापा मगर, प्रकाश सिटौला, वरिष्ठ उपाध्यक्ष डिल्लीराम सुब्बालगायतले बोलेका थिए । कार्यक्रमको सचिव निराजन ओली सञ्चालन गरेका थिए ।







