झापाको बिर्तामोडस्थित कृष्ण हल नजिक घरको चार तला माथिबाट खसेर आज साँझ एकजना महिलाको मृत्यु भएको छ ।
६२ वर्षीया मधु शर्माको मृत्यु भएकाे प्रहरीले जनाएको हो । चार तला माथिबाट खसे लगत्तै उनलाई उपचारका लागि उनलाई बिर्ता सिटी अस्पताल लगिएको थियो ।
तरकारी टिप्ने क्रममा ती महिला चारतला माथिबाट खसेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।
Advertisement







