• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चाडपर्व नजिकिएसँगै बिर्तामोडले गर्यो बजार अनुगमन


  •    संवाददाता/ मङ्गलबार, भदौ २८, २०७९  

  • बिर्तामोड । दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै मङ्गलबार बिर्तामोड नगरपालिकाले बजार अनुगमन गरेको छ । बजारमा म्याद गुज्रिएका, खान अयोग्य सामानहरू र अस्वास्थ्य माछा–मासु बिक्रिवितरण हुनसक्ने अवस्थालाई ध्यान दिदै बजार अनुगमन गरीएको हो ।

    बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, आन्तरिक राजस्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, ईलाका प्रहरी कार्यालय अनारमनि लगायत विभिन्न सरोकारवाला संघ संस्थाहरुले संयुक्तरुपमा बजार अनुगमन गरेको हो ।

    Advertisement

    अनुगमनका क्रममा बिर्ताबजारमा रहेको ॐ मिष्ठान्न भण्डारमा म्याद गुज्रीएको ११ बट्टा रसगुल्ला फेला परेको थियो । अनुगमन टोलीले वडा नम्बर ३ बिर्ताबजारमै रहेको सुरमनि राजवंशीको मासु पसल र वडा नम्बर ५ को कृषिथोक बजारमा रहेको सिता माछा पसलबाट विषादी टेष्टको लागि माछाको सेम्पल उठाएको छ । अनुगमनका क्रममा अधिकांश मासु पसल फोहोर रहेको, खुल्ला र झिँगा भन्किरहेको अवस्थामा बिक्रिवितरण गरीरहेको, भारतबाट आयात गरीएका मरेका माछा बिक्री गरीरहेको फेला परेको थियो । उनीहरुलाई मापदण्ड अनुसार पसललाई व्यवस्थित गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले जानकारी दिए ।

    Advertisement

    यस्तै बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले चाडपर्वको अवसरसँगै अन्य समयमा पनि मासिक, त्रैमासिकरुपमा बजारमा छड्के अनुगमन गरिने बताएका छन् ।

    अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत प्रेम प्रसाद सापकोटा, नापतौल तथा गुणस्तर कार्यालयका प्रमुख मुकुन्द चौहान, आन्तरिक राजश्व कार्यालयका नायव सुब्बा विशाल काफ्ले, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका पंकज दाहाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य याम विमली , विश्व उपभोक्ता महासंघ झापाकी अध्यक्ष सरस्वती चम्लागाई, राष्ट्रीय उपभोक्ता मन्चका मदनगोपाल सुब्बालगायतको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.