• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मनकामना माविद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण


  •    संवाददाता/ शुक्रबार, भदौ २४, २०७९  

  • बिर्तामोड । शुक्रबार मनकामना कलेज तथा माद्यमिक विद्यालयले हालै कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरेको छ ।

    विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा एजुकेशनल कोअर्डिनेटर कुमार थपलियासहित विभागीय प्रमुखहरुले विद्यालयको नीति, नियम र आचारसंहिताबम बारेमा प्रकाश पारेका थिए ।

    Advertisement

    कोअर्डिनेटर थपलियाले विद्यार्थीहरुलाई क्याम्पस परिसरभित्र पालना गर्नुपर्ने आचारसंहिता तथा अनुशासनका विषयसँगै मनकामनाको दुई दशक लामो यात्राबारे प्रकाश पारेका थिए । मनकामनाबाट उत्पादित जनशक्तिहरुले प्रहरी, प्रशासन, शिक्षण, पत्रकारिता, बैंक, व्यवसाय लगायतका क्षेत्रमा आफ्नो परिचय बनाउन सकेको अवगत गराए ।

    Advertisement

    बिर्तामोडको एक पार्टी प्यालेसमा सम्पन्न दिवा भोजसहितको उक्त कार्यक्रममा विभागीय प्रमुखहरु विजय तिम्सिना, भेषराज चौंलागाई, सुधिर सुवेदी र उदयकुमार कटुवालले विषयगत मन्तव्यसहित विद्यार्थीलाई अभिमुख गरेका थिए ।

    सो कार्यक्रममा नेपाल आइडलका फाइनलिष्ट गायक प्रताप दाशले केही गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए । नेपाली चलचित्र ‘प्रेमगीत ३’ को प्रचार अभियानमा कार्यकारी निर्माता चक्रबहादुर चन्दसहितको टोली झापा आएको अवसरमा गायक दाशले मनकामनाका विद्यार्थीहरुलाई गीतमार्फत् मनोरञ्जन दिलाएका हुन् ।

    उक्त अवसरमा छात्रा अनामिका पौडेल, छात्र देवराज ऋषिदेव र सन्देश बिकले गीत गाएका थिए भने छात्रा सुवर्ण तामाङले उच्च अध्ययनका लागि मनकामना कलेज तथा विद्यालय रोज्न पाएकोमा गौरव लागेको बताएकी छन् ।

    पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख गोपाल काफ्लेले सञ्चालन गरेको कार्यक्रममा अंग्रेजी विषयका शिक्षक शुभला तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.