बिर्तामोड, २४ भाद्र । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको पाथिभरा कृषि सहकारी संस्था प्रविधि मैत्री बनेको छ ।
मेनुअल प्रविधिबाट खाता–पाता मार्फत आफ्नो हिसाब राख्दै आएकोमा सदस्य संख्या बढेसँगै हिसाब चुस्त–दुरुस्त राख्न जटिल हुने, चाहेको बेला हेर्न खाता पल्टाउनु पर्ने जस्ता समस्याका कारण सफ्टवेयर प्रणाली मार्फत सम्पूर्ण व्यवस्थापन गर्न लागिएको हो ।
प्रथम आई.टि.सिष्टमको प्राबिधिक सहयोगमा फिनास्त्र’ सहकारी सफ्टवेयरसँग सम्झौता गरिएको संस्थाका अध्यक्ष जिवन वाँस्तोलाले बताए ।
प्रबिधिको प्रयोग मार्फत सहकारीको आर्थिक ब्यबस्थापन र सेयर सदस्यको सेवा र सुरक्षामा थप सहयोग पुग्ने प्रथमका प्रबन्ध निर्देशक भुपेन्द्र मैनालीले बताए ।
हाल झापा सहित काठमाडौका सहकारीमा प्रयोगमा आईसकेको सिस्टमले मोबाइल बैकिङ्ग सहित विभिन्न सुबिधा उपलब्ध गराउदै आएको निर्देशक राजु श्रेष्ठले जानकारी दिए ।
२०७२ सालमा स्थापना भएको संस्थामा हाल करीब ५०० जना शेयर सदस्य रहेको बताईएको छ ।







