बिर्तामोड । बिर्तामोड १ निवासी अग्रज पत्रकार लक्ष्मण ढकाल उनकी श्रीमती दुर्गा ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १५ हजार पाँच सय पाँच रुपैयाँ प्रदान गरेका छन् ।
पत्रकार ढकालले आफ्नो जन्मदिनको अवसरमा शनिबार पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, सहसचिव अर्जुन राजवंशीलाई उक्त रकम प्रदान गरेका हुन् ।
अग्रज पत्रकार ढकाल पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक हुन् । पत्रकार महासंघका सदस्य समेत रहेका ढकाल साढे चार दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
Advertisement
पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।







