बिर्तामोड । लुम्बिनी बिकास बैंक बिर्तामोडले वित्तीय साक्षरता अन्तरगत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 
बिर्तामोड ४ मा रहेको शाखा कार्यालयले सर्वसाधारणका लागि बैंकिङ कारोबार र सुरक्षाका विषयमा जानकारी दिने उदेश्यले सो कार्यक्रम गरिएको शाखा प्रमुख नरेश तिम्सिनाले जानकारी दिए । 
साना तथा ठूला व्यावसायीहरुलाई बैंकिङ कारोबार तथा सुरक्षाको बारेमा पूर्ण जानकारी नहुँदा कतिपय व्यावसायी अन्योलमा परेका कारण यस्तो कार्यक्रम गरिएको प्रमुख तिम्सिनाले बताए ।

Advertisement







