भाद्र १४ अर्जुनधारा । आफू संगै पढेलेखेको साथी जस्को केही समय अगाडि असामयिक निधन भयो ।
गत फागुन १८ गते मृत्यु भएका आलोक कुमार शाहाको स्मृतिमा उनका साथीहरूले अपांग सरोकार केन्द्रका बालबालिका सहयोग गर्दै शाहलाई सम्झिएका छन् ।
भाद्र १४ जन्मिएका शाहको जन्मस्मृतीमा अर्जुनधारा नगरपालिका स्थित केन्द्रका बालबालिकालाई खाध्यान्न,चप्पल ,ब्याग,स्टेशनरी तथा अन्य आवस्यक सामाग्री बितरण गरिएको पृजित थापामगरले जानकारी दिए ।
काठमाडौमा रहेर अध्ययन तथा ब्यबसाय गर्दै आएका स्व. शाहका साथीहरू बिजय श्रेष्ठ ,संजय शाह , अभिषेक शाह,आकाश खड्काले साथीलाई सम्झदै उक्त सामाग्री बितरण गरिएको हो ।
Advertisement







