भाद्र १३ बिर्तामोड । बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले आज तीनवटा ऐन पारित गरेको छ । मेयर पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ती ऐन पारित गरेको हो ।
बैठकले नगर शिक्षा ऐन २०७९ सहित तीनवटा ऐन पारित गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए । उनका अनुसार आर्थिक ऐन संशोधनसहित पारित भएको छ । यसअघि संशोधन विधेयक प्रस्तुत भएको थियो । लामो समय देखि ऎन नबन्दा कामकारबाहीमा समस्या भएको थियो ।
बैठकले नगर बसपार्क विधेयक पनि पारित गरेको प्रवक्ता पाण्डेले जानकारी दिए ।
Advertisement







