साेमबार राति परेको वर्षाका कारण झापाकाे बुद्धशान्ति ४,५,६ र ७ का विभिन्न स्थानमा ठुलाे क्षति गरेको छ ।
गडिगाउँ-चुल्ठे जोड्ने कुरुङ खोलाको पक्की पुल पुर्णरुपमा क्षतिग्रस्त हुँदा सो क्षेत्रमा सवारी आवागमन ठप्प छ। उक्त पुल करिब १ सय मिटर बगाएको छ । बुद्धशान्ति ४,५ र ६ का अधिकांश कालोपत्रे सडक उप्काएर सवारी चल्न सक्ने अवस्था छैन भने मंगलबार बुद्धशान्ती ५ मा भने गाउँपालिकाले जेसिभी लगाएर सडक अवरुद्द खोलेको वडासदस्य डेगेन्द्र कार्किले जानकारी दिनुभयो ।
गडिगाउँ- खारखोला जोड्ने पुलको पश्चिम क्षेत्रबाट खोला पस्दा सो क्षेत्रमा पनि सडक अवरुद्ध छ। सडक किनारका कुलो मर्मत तथा सरसफाइ नगरिदा प्राय सडकहरु जलमग्न भएका छन्।
बुद्धशान्ती ५ को भ्वाईस अफ युथ चोक पश्चिमकाे सुन्दरी खोल्सोको पक्की पुलमा समेत क्षति पुगेकाे छ। त्यस्तै कुरुङ खोला किनारमा रहेका धानवाली लगाइएका खेतहरुमा समेत कटान गरेको छ भने खारखोलाका सडक पनि प्राय अवरुद्द भएका छन ।

त्यसैगरी बुद्धशान्ती ६ का खानेपानी मुहान र पैनिका मुहान बाढिले पुर्ण रुपमा बगाएको वडाध्यक्ष शम्भु प्रसाद पौड्यालले जानकारी दिनु भएको छ । यसैगरी बुद्दशान्ति ४ को ६५ लाखमा नवनिर्मित जुनेलि खानेपानी पुर्ण रुपमा बाढिले बगाएको वडाध्यक्ष बुद्दिमान जबेगु लिम्बुले जान्कारी दिनुभयो ।
उता वाड ७ मा पनि खानेपानी आयोजना सुनमाई बर्ने खानेपानीमा क्ष्यती पुगेको वडाध्यक्ष मातृका पौड्यालले जानकारी दिनुभयो । बर्षाका कारण आएकाे बाढीका कारण भएका क्ष्यतिको गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेल र उपाध्यक्ष मिरा भुर्तेलले स्थलगत अध्ययन गर्नुभयो ।
वहाँ ले क्षतिको बिबरण उठाईसकेर पहल थाल्ने बताउनुभयो । त्यस्तै नेपाली काङ्रेस गाउँ सभपती चक्र शेर्मा , विभिन्न वडाका वडाध्य्क्ष, सदस्यहरुले विभिन्न स्थानहरूमा भएको क्षतिको अवलोकन गर्दै समस्या समाधानका लागि लागि परेको बताएका थिए ।







