रंगकर्मी रतन सिगु(मिता) निर्देशित चलचित्र पर-प्रेम अन्तत प्रदर्शनिमा आउने भएको छ । पर प्रेम को प्रदशनी मिती तोकिए साँगै युवा पिंडी को चासो ह्वत्तै बढेको छ। समाजिक घटनामा आधारित उक्त चलचित्र बिर्तामोड स्थित पाथीभरा हलमा भाद्र १२ गते देखि प्रदर्शनीमा आउने पक्का भएको हो ।
हंकङ्ग निवाशी नबिन सुहाङ्ग लिम्बु ले निर्माण गरेको उक्त चलचित्रको प्रिमीयर हङ्कङ्ग र सिंगापुरमा गरिने जानकारी निर्माता सुहाङ्गले दिए । पुर्ब का रंगकर्मीहरू ले अभिनय गरेको चलचित्र पर प्रेम यसै साता भाद्र १२ देखी बिर्तामोड स्थित पाथीभरा सिने प्लाजा मा लाग्ने सिने प्लाजाले ले जानाएको छ।
पुर्वेली ठेट गाँउले कथा भएकाे चलचित्र पर प्रेमले समाजमा घटिरहेको वास्तविक घटनालाई टपक्कै टिपेको छ । सवै पुर्वकै कलाकारको अभिनय रहेको र कथा पनि पुर्वकै भएकाे कारण पनि काम गर्न सहज भएको निर्देशक सिगु बताउँछन् ।
राजु खरेल, अंम्रीता जबेगु , नबिन सुहाङ्ग , गजेन्द्र खतीवडा , माया देबी सिटौला ,ज्ञानु श्रेष्ठ, रूद्र दिक्षित गौतम, रतन सिगु (मिता), प्रकाश भट्टराई , प्रणामी पुष्पा, गंगा प्रसाई, बिबेक मिश्र , संन्तोस मगर आदी ले अभिनय गरेको उक्त चलचित्रकाे छायांङ्कन ईलाम को लोशे र झापा का केही स्थान मा गरिएको जानकारी निर्देशक रतन मिताले दिए ।
यस फिल्म को लागी धेरै पटक स्थान अवलोकन र रहन सहन बुझ्नलाई निर्माण पक्ष सुट सुरू हुन भन्दा आघी नै २/३ पटक लोशे पुगेकाे थियाे र चलचित्रलाई जिबन्त बनाउन सक्दो प्रयास गरेकाे छ । एक पटक हल सम्म गएर चलचित्र हेरेर सल्लाह सुझाब दिन निर्माण पक्षले आम दर्शक माझ अपिल गरेको निर्माण नियन्त्रक प्रकाश क्षितिजले जनाए।
धेरै लगन र मेहनत गरेर तयार पारीएको चलचित्र पर प्रेम को क्रेज अहिले झापा र झापा बाहिर पनि सुन्न र देख्न थालेको महसुस भएकाे निर्माण पक्षकाे भनाइ छ।
सिगु निर्देशित पहिलो चलचित्र भएकाले पनि आफुले यसबाट थुप्रै अनुभव लिन सफल भएकाे उनी बताउँछन् ।
पुर्ब मा पर-प्रेम को हल्ला :१२ गते देखी पाथीभरा सिने प्लाजा मा
पुर्ब मा पर-प्रेम को हल्ला :१२ गते देखी पाथीभरा सिने प्लाजा मा
Advertisement
तपाईको प्रतिक्रिया







