• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल विद्युत प्राधिकरणले आज ३७ औँ वार्षिक उत्सव मनाउँदै


  •    संवाददाता/ बुधबार, भदौ ०१, २०७९  

  • नेपाल विद्युत प्राधिकरणले आज ३७ औँ वार्षिक उत्सव मनाउँदैछ।

    ‘पहिले विद्युत उज्यालोका लागि, अबको विद्युत उज्ज्वल भविष्यका लागि’ भन्ने नारासहित मनाइने वार्षिक उत्सवको अवसरमा आज बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा विषेश कार्यक्रम हुदैछ।

    Advertisement

    कार्यक्रममा २० वर्षे सेवा अवधि पुरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिने प्राधिकरणले जनाएको छ। यस्तै पछिल्लो एक वर्षको अवधिमा अवकाश प्राप्त गरेका कर्मचारीलाई उपहार पदक प्रदान गर्ने कार्यक्रम छ।

    Advertisement

    नेपाल विद्युत प्राधिकरण २०४२ साल भदौ १ गते स्थापना भएको हो। लामो समयसम्म घाटामा रहेको प्राधिकरण पछिल्लो वर्षहरुमा नाफामा छ। कुनै दिन दैनिक अठार घण्टासम्म लोडसेडिङ हुने गरेको थियो। तर हाल नेपालले छिमेकी देशमा विद्युत बेच्न थालेको छ। प्राधिकरणको सौर्य प्लान्टसहित कुल ७ सय ३५ मेगावट विद्युत गत वर्ष प्रणालीमा थपेसँगै वर्षा याममा भन्दाबढी विद्युत उत्पादन गर्न सकिने अवस्थामा पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

    विद्युत निर्यातको वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आएको घिसिङले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ। ३७ वर्षको इतिहासमा प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्व १६ करोड ५० लाख रुपैयाँ खुँद मुनाफा आर्जन गर्न सफल भएको छ।

    विद्युत खपतमा भएको वृद्धि, चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिमाणमा वृद्धि, ४५६ मेगावाटको माथिल्लो तामाकोसी सन्चालन, विद्युत आयातमा कमि तथा निर्यात वृद्धिलगायतका कारण मुनाफा आर्जन गर्न सफल भएको घिसिङले उल्लेख गरेका छन्।

    हाल नेपालमा विद्युत उपभोग गर्नेको ग्राहकको कुल संख्या ४७ लाख ७० हजार पुगेको प्राधिकरणले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.