श्रावण २९ सुनसरी । सप्तकोशी नदिमा आएको बाढीबाट बिस्थापित भएका बालबालिकालाई विभिन्न संघ संस्थाले सहयोग गरेका छन् ।
विस्थापित भएका परिवारका बालबालिकालाइ राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको समन्वयमा बालहेल्पलाईन १०९८ , सिविन नेपाल, भ्वाईस अफ चिल्ड्रेन र सिपिसिएसले प्रभावित भएका बालबालिकाको पहिचान गरि सहयोग गरिएको हो ।
विस्थापित भएका वेलका नगरपालिकाका प्रभावितलाई अस्थायी संरक्षण गरि ५५ जना ५ वर्ष मुनीका बालबालिकाहरूकालागि पौष्टिक खानेकुरा वितरण गरिएको राष्ट्रिय बाल अधिकार परिषद प्रदेश नम्बर १ का समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए ।
वेलका नगरपालिकाका प्रवक्ता पदम वहादुर खड्का र बालकल्याण अधिकारी ज्योती राई द्धारा पौष्टिक सामाग्री उपलब्ध गराईएको छ।
शिशुहरुका लागि आबश्यक पर्ने ल्याक्टोजिन दुध, लिटोको पिठो, घिउ, अण्डा, फलफुल, झुल तथा बच्चाको कपडा, सावुन, गेडागुडी २ लाख ७५ हजार मुल्य वरावरको पौष्टिक आहार बितरण गराईएको अधिकारीले जानकारी दिए ।







