मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार २६ औंवार्षिकोत्सब तथा २८ औं साधारण सभाको अवसरमा पत्रकार भेटघाट गरि प्रतिवेदन सार्वजनिक गरेकाे छ । कार्यक्रममा झापा,मोरङ,सुनसरी र इलामका पत्रकारको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा संस्थाका संचालक समितिका सदस्यहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन भने संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले प्रतिवेदन वाचन गरेर सुनाएका थिए ।
२०५४ भाद्र वाट २९ जना सदस्यले १ लाख ४५ हजार शेयर पूँजीबाट सुरु गरिएको संस्थाकाे जम्मा शेयर पुँजी २८औं बर्षमा आईपुग्दा ३५ करोड ५५लख ७८हजार ८ सय पुगेको छ ।
हाल सदस्य संख्या १३हजार ३ सय १८ जना रहेका छन् भने कुल ऋणी संख्या ३६ सय ८३ रहेको बताईएको छ । संस्थाले झापा,मोरङ र ईलाममा सेवा दिरहेको र अब सुनसरीको इटहरीमा पनि सेवा विस्तार गर्ने सोही अवसरमा जानकारी दिइएको छ ।
संस्थाले ५७ वटा घर निर्माण गरेर घर विहिन सदस्यलाई सहुलियतमा घर पनि उपलब्ध गराएको छ । साथै संस्थाले सदस्य प्रोत्साहन योजना अन्तर्गत थुप्रै सहुलियत प्रदान गरिरहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार संस्थामा लामो समय नेतृत्व सम्हाली संस्था र सहकारी आन्दोलनलाई उत्कृष्ट योग्दान पुर्याएका संस्थाका पुर्व अध्यक्ष स्व. गणेशप्रसाद बस्नेतको सम्झनामा स्थापित अक्षय कोषको ब्याजबाट देशभरका सहकारी अभियान्ता मध्ये उत्कृष्ट एकलाई रु ३ हजार वरावरको “गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार ” प्रदान गर्ने गरेको छ ।
संस्थाले आ.व २०७९/०८० मा एटीएम, क्यु आर , एसएमएस र इ वैङ्किङ्ग जस्ता व्यवसायीक वितिय गतिविधिका कार्यक्रम तर्जुमा गरेकाे छ ।
प्रस्तुत प्रतिवेदनका अनुसार आ.व ०७८/०७९ मा कुल ११ करोड ,९८लाख २९हजार ३ सय ८८ रुपैयाँ नाफा भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यस्तै कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद मैनालीले संस्थाको वितिय विवरण प्रष्ट पारेका थिए ।
कार्यक्रममा पत्रकार गणेश पोख्रेल र रोमनाथ ओलिले शुभकामना राखेका थिए। भने कार्यक्रमकाे सञ्चालन गोपाल झापालीले गरेका थिए ।







