नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण भएको छ । उनकाअनुसार आज गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।
उनले सामाजिक सञ्जालमार्फत अहिले सामान्य लक्षणसहित घरमै स्वास्थ्यलाभ गरिरहेको बताएका छन् ।
“स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ,” उनले भनेका छन् ।
Advertisement
पछिल्ला केहीदिनयता कोरोना संक्रमण उकालो यात्रामा छ । चिकित्सकले मास्क प्रयोग गर्न आग्रह गर्दै आएका छन् ।







