• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लकडाउनले उघारिदिएको मेरो आँखा


  •     -सिर्जना रोक्का / मङ्गलबार, भदौ १६, २०७७  

  • म अनि मेराे एकल परिवार साँच्चै शान्त,सुन्दर र हरेक तवरले पुर्ण लाग्दथ्याे । सहयात्राकाे एकदशक पार गरिसकेको अबस्थामा हामी एउटा स्वचालित यन्त्रमानव झै सधैं हतारोमा बिताएका बिगतलाई याे फुर्सदको समयले पछाडि फर्किएर मसिनो गरि नियाल्ने सुअबसर प्रदान गरेको छ ।

    म संझिन्छु त्याे बिगत, उफ् कति ब्यस्त रहेछ हाम्रो दिनचर्य एउटा लगामलाई पछ्याउँदै हिडिरहेकाे घाेडा भन्दा रत्तिभर भिन्न पाउदिन आज यी म सधैं हिड्ने बाटाहरु साच्चै मैले राम्रोसँग हेरेकाे मात्र पनि रहेनछु । आज देख्दा साेच्छु यस्तो पनि पाे थियाे???मेराे सानाे घर जुन हाम्रा आफ्नाै हातले मेहनतसाथ बनाएका थियौं ।

    Advertisement

    यी घरका भित्ताहरु जुन म सधैं यहीँ बसे पनि देखेकी रहेनछु, मेरो घर अगाडि वरिपरिको याे सुन्दर काैसि कति रहरले बनाएका थियौं, सानो फुलबारी केही सुक्न लागेको फुलका बिरुवा अनि ती बाँझिएको माटोले भरिएका पुराना पुराना गमला समात्न नसकिने गरि लेउ लागेको, त्यति मात्र कहाँ हाेर भित्तामा टागिएका भिन्न भिन्न तस्बिरहरू मात्र निर्जीव स्वरुपमा किच्च मुस्कुराई रहेको देख्थे ।

    Advertisement

    त्यस तस्बिर भित्र भरिएको अर्थपूर्ण सिङ्गो इतिहास मैले आजसम्म नदेखिएको पाटाे रहेछ, मेरो सन्तान बिहान बेलुकीकाे क्षणिक भएको साथमा मा उस्काे असलि परिचय त मैले पाएकै रहेनछु, सुखदुःखका सहयात्री मेरा पतिदेबलाई सतङ्गाे र बाहिर स्वरुप मात्र जानेकि रहिछु धेरै महत्वकाङ्क्षा राखेर उतसाहित भएर बनाएको हाम्रो घर त साच्चिकै भाैतिक बस्तुहरुकाे थुप्राे पाे रहेछ । तर आज धन्य लकडाउन मलाई मेरा आफ्ना निकटतम र प्रियतम हरुलाई नियाल्ने र पहिचान गर्ने सुअबसर प्रदान गर्याै ।

    मैले महशुल गरेकै थिईन हरेक बस्तुमा लगाब, झुकाब, निरन्तरता र सामिप्यता चाहिदाे रहेछ यदि त्यो बस्तुबाट पुर्णतया सन्तुष्टि हासिल गर्नुछ भने एकान्तबासकाे सुरुवाती समय त्यसै उसै बिते रमाइलो गरेर जति जति दिनहरु थपिदै जानथाले त्यति त्यति म गम्भीर भएर साेच्न र बिचारमग्न हुन थाले अनि बिस्तारै बिस्तारै आफ्ना आँगन,भित्ता,करेसावारि,काैशि,बलेसि,झ्याल ,ढाेका नजिक पुगे तब थाहा पाए मेराे अभावमा उनिहरु पनि रुखिएका रहेछन् ।

    रंगहरु धुलाले बेरंगि बनाएका रहेछन उजाड उजाड रहेछन चलाउन थाले, खाेतल्न थाले क्रमश उनिहरुकाे स्वरुपमा परिवर्तन देख्न थाले, सुकेका बिरुवाको पालुवा फेरिन ससाना मुनाहरु पलाएका, गमला भरखरै बजारबाट ल्याएका जस्तै चिटिक्क र चिल्ला, बैठकमा सजाइएका हरेक चिजहरुकाे सुन्दरतामा खिया लागेको रहेछ आज हेर्छु ती हरेक तस्बिरहरू अहिलेनै बाेलिहाल्लान जस्ता चम्किला र आकर्सक, घर त घर मात्र हाेईन हरेछ याे त स्वर्गकाे सानो अंश रहेछ । अनि मेरा प्रियजन उनिहरु भित्रकाे असलि मानवीय रुपलाई बल्लबल्ल दर्शन पाएँ ।
    त्याे हाँसाे,ठट्टा,मिठास,सहयोग,अत्मियता,मिजासिला प्रश्नाेत्तर, अनि बेलाबखतकाे भैरब अबतार, सानातिना कुरामा लगाएको घुर्की र सन्किपना ओहाे कति धेरै प्यारा र नितान्त आफ्नाेपनहरु लाई गुमाएकि रहेछु । बाँचेकि रहेछु मात्र स्वास फेर्ने तर कति उजाड र उदासिन जिबन । अहिले संझन्छु शरीर भरि काडा उम्रन्छन् त्याे बिगतलाई नियाल्दा र मनमनै अठाेट गर्छु अबकाे समय हिजोको हैन आजकाे जस्तो बिताउँछु । जीवन बाच्नु मात्रै ठुलो कुरा रहेनछ जीवन सहि तरिका र खुसियालीका साथ बाच्नु नै ठुलो कुरा रहेछ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.