भाद्र १० गतेलाई प्रदर्शनको मिति तोकेर प्रचार प्रसारका लागि देश दौडाहमा निस्किएको चलचित्र प्रकाशको टोलि झापा अाई पुगेको छ । आज आईतवार विर्तामाेडको सिद्दार्थ होटलमा पत्रकार सम्मेलन गरि चलचित्रका मुख्य तीन कलाकारले झापाली दर्शकसामु फिल्म हेर्न अपिल गरेका छन । चलचित्रमा प्रकाशको चरित्र निभाएका प्रमुख कलाकार प्रदिप खड्काले प्रकाश एक दुर्गम क्षेत्रको कथा बोल्ने चलचित्र भएका कारण सबैले हेर्नुपर्ने बताए । प्रदिपले यसमा फरक खाल्को चरित्र निभाएका छन। व्यवसायीक र प्रेम केन्द्रित चलचित्रमा धेरै देखिने अभिन्ता खाड्काको यो नँया अनुभव पनि हो । चलचित्रमा प्रकाश अर्थात प्रदिप खड्काको अामाको भुमिकामा अभिनेत्री दिया मास्केलाई देख्न सकिन्छ भने अर्की नव नायिका रेनु योगीको पनि अभिनय रहेको छ त्यस्तै चलचित्रमा अग्रज कलाकार प्रकाश घिमिरे , लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । दिनेश राउतको निर्देशन रहेको प्रकाशका निर्माता महेन्द्र अधिकारी हुन ।
भाद्र १० गते देखि देशैभरका हलहरुमा एकैसात प्रदर्शनीमा अाउने चलचित्रको प्रचार प्रसारमा पनि निर्माण पक्षले नयाँ नयाँ कार्यक्रम अघि सारेको छ । चलचित्र प्रकाशको निर्माण टोलीले कविता प्रतियोगिता गराउने भएको छ । जस्मा १२ कक्षा सम्म अध्यायन गर्ने १२ देखि १८ बर्षभित्रका बालवालीकाले भाग लिन पाउने पत्रकार सम्मेलनमा जानकारि गराईएको छ ।
चलचित्र प्रकाश हेर्न झापाली दर्शकलाई प्रदिपको अपिल
चलचित्र प्रकाश हेर्न झापाली दर्शकलाई प्रदिपको अपिल
Advertisement
तपाईको प्रतिक्रिया







