श्रावण ११ झापा । झापाको चारआली जंगलमा झुण्डिएको अवस्थामा एकजना युवकको शव फेला परेको छ । ताप्लेजुङको पाथीभरा याङवरक–३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
बर्नेबाट सामान ल्याउन बिर्तामोड आएका पौडेल दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका थिए । साँझ छ बजेसम्म घर नगएपछि उनको खोजी सुरु गरिएको थियो । राति नौ बजे चारआली जंगलमा उनी मृत भेटिएका हुन् ।
उनको साथमा रहेको पैसा, पर्स, सुनको चेन गायव छ । परिवारजनले पौडेलको हत्या भएको आंशका गर्दै छानविनको माग गरेका छन् ।
Advertisement







