असार ३२ बिर्तामोड । झापा बिर्तामोड २ चौतुबारीका माधब प्रसाद खरेलले आफ्नो जन्मदिन बालबालिका संग मनाएका छन् ।
जन्मदिनमा पञ्चरत्न माद्यामिक बिद्यालय बिर्तामोडका विद्यार्थीलाई स्कुल ब्याग बितरण गरिएको छ।
बिद्यालयका पुर्व विद्यार्थी खरेलले आफ्नो ४३ औं जन्मदिनको अवसरमा ब्याग बितरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अथिती बिर्तामोड नगरपालिका उप- प्रमुख नगेन्द्र संग्रौला ,दाता खरेल ,वडाध्यक्ष किशोर कुमार पौडेलआमा तुसला खरेल नेकपा एमाले नगरकमिटी अध्यक्ष सुभाष भट्टराई लगायतले विद्यार्थीलाई ब्याग प्रधान गरेका थिए । कार्यक्रममा कक्षा १ देखि ४ सम्मका ७२ जना बालबालिका लाई सो सामाग्री बितरण गरिएको थियो ।
नगर उप प्रमुख संग्रौलाले बालबालिका संग जन्मदिन मनाएर एउटा सन्देश दिएको बताए । उनले हाम्रा हरेक गतिविधि समाज संग जोड्ने र सहयोगको भावना राख्नुले हरेक नागरिकका लागि प्रेरणाको श्रोत बन्ने बताए ।
यस्तै वडाध्यक्ष पौडेलले हामीले गर्ने यस्ता खर्च परिणाम मुखी बनाउन आग्रह गरे ।एमाले नगर अध्यक्ष भट्टराईले जन्मदिन या अन्य उत्सव समाजको हितमा गर्न सके अरुका लागि मार्गदर्शन हुने बताए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका प्रधानाध्यापक योगेन्द्र दाहालले बिबाह जन्मदिन लगायतका कार्यक्रममा गरिने फजुल खर्च सामाजिक कार्यमा लगाउनु प्रसंशनिय रहेको बताए ।
दाता खरेलले आफू बिद्यालयको पुर्व विद्यार्थी साथी स्थानीय भएकाले यहाँका बालबालिकाको समस्या आफुले नजिक बाट नियालिरहेको र जन्मदिनमा हुने फजुल खर्च कटाएर बालबालिका लाई ब्याग बितरण गरिएको बताए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भवानी प्रसाद ओलिको अध्यक्ष रहेको कार्यक्रमको संचालन शिक्षक दल बहादुर खड्काले गरेका थिए ।







