मेची बहुमुखी क्याम्पस भद्रपुर झापामा एक दिवसीय प्रहरी समुदाय साझेदारी कार्यक्रम सम्पन्न भएको छ । मेची बहुमुखी क्याम्पसको मानविकी संकाय अन्तर्गत गठित हेण्ड्स अफ ह्युमानिटिस को आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वय र सहजिकरणमा सम्पन्न कार्यक्रमा दैनिक जीवनमा गरिने क्रियाकलाप ,साइबर कानुन, समुदायमा प्रहरीको भुमिका र त्यसमा सर्वसाधरणको गतिबिधी बारे अन्तक्रिया भएको थियो । 
मेचि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जीवन पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा विशिष्ठ अतिथी क्याम्पसका सहायक क्याम्पस प्रमुख शान्तिराम मिश्र , डा कृष्ण प्रसाद भट्टराई , पूर्व स्ववियू सभापति भुवन बुढाथोकी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषिराज ढकाल रहेका थिए । हेण्ड्स अफ ह्युमानिटिसका अध्यक्ष विवेक बुढाथोकी
को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सूर्य गुरागाईले गरेका थिए । कार्यक्रमको संचालन सचिव विवेक ढकालले गरेका थिए ।
मेची बहुमुखी क्याम्पसमा एक दिवसीय प्रहरी समुदाय साझेदारी कार्यक्रम सम्पन्न
मेची बहुमुखी क्याम्पसमा एक दिवसीय प्रहरी समुदाय साझेदारी कार्यक्रम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया







