झापाको शिवसताक्षी ११ स्थित सतासीधामको हङकङ पार्कमा सम्पन्न भेलाले झिलझिले भेट्रान फुटबल क्लबको अध्यक्षमा बमबहादुर राई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । क्लबको कार्य समितिको एक वर्षे कार्यकाल रहने विधान अनुसार क्लबका सल्लाहाकार समितिका संयोजक बजरंग अग्रवालको नयाँ कार्य समिति छनोट गरिएको पुर्व सचिव तिलबन्धु कार्कीले जानकारि दिए ।
कार्किका अनुसार निर्वाचित कार्य समितिमा अध्यक्ष बमबहादुर राई, उपाध्यक्ष प्रदीप कार्की, सचिव प्रवेश जाहिल, कोषाध्यक्ष यूवराज भट्टराई र सदस्यहरू दिपेश रिजाल, राजकुमार राई, दिवस राई गरी ७ जनाको कार्य समिति चयन गरिएको छ भने क्लबको टिम म्यानेजर दिल कृष्ण मगर, टिम कोच पर्वत थुलुङ, टिम क्याप्टेन सन्तोस थेगिम (हान्टु), सल्लाहकार समिति संयोजक ज्योति लिम्बू, सदस्यहरू भिमसेन कडरिया, कृष्णचन्द्र सेलिङ, बचन राई, बजरंग अग्रवाल, राम भेटवाल, राजू तिखत्री, तिलक राई, गणेश श्रेष्ठ, समिर चापागांई, निर्मल केदेम, दिलिप बोखिम र प्रेस संयोजक पवन चाम्लिङ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष बमबहादुर राईले क्लबलाई विधिवत् दर्ता गरी वैधानिकता दिने, क्लबको कोष खडा गरी संचालन गर्ने र पूर्व खेलाडी नबिन राई स्मृति पुर्वाञ्चल भेट्रान फुटबल टुर्नामेन्ट गर्ने र विभिन्न सामाजिक गतिविधिमा क्लबलाई सक्रिय बनाई स्थानीय सरकार वडा र नगरपालिकासँग सहकार्य गर्ने कुरा बताए । सल्लाहाकारहरुको मन्तव्य पछि कार्यक्रमका अध्यक्ष बजरंग अग्रवालले नवनिर्वाचित समितिलाई बधाई दिदै क्लबलाई खेलकूद गतिविधिसँगै समाजमा जोडिएर अगाडि बढ्न जोड दिएका छन् । कार्यक्रम पवन चाम्लिंङले संचालन गरेका थिए।







