एमाले सांसद झपटबहादुर रावलले अहिलेको गठबन्धनको सरकार काण्डै काण्डको सरकार भएको टिप्पणी गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सभ्य समाजको विकास गर्नका लागि संस्कृतिको संरक्षण गर्नुपर्ने तर मुलुकका पर्यटन तथा संस्कृति मन्त्रीले सर्वसाधरण र आफू मातहतका कर्मचारीलाई गरेको व्यवहारले नेपालको सभ्यताको बेइज्जत गरेको बताए ।
सांसद रावलले सरकारका गाली शिरोमणीको उपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई दिनुपर्ने पनि बताए ।
Advertisement







