• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिवारी जे जति काम भए उपाध्यक्ष गिरि र एमालेले गरेको हो,गिरि


  •    संवाददाता/ बुधबार, बैशाख ०७, २०७९  

  • ५ बर्षको अवधिमा हल्दिबारी गाउँपालिकामा भएका बिकास निर्माणको काम नेकपा एमालेका तर्फबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले आफू र आफ्नो पार्टीले जस लिनु पर्ने बताएका छन् ।
    नव निर्मित गाउँपालिका भवनको परिसरमा पत्रकार संग गाउँपालिकाले गरेका काम बारे जानकारी गराउदै उपाध्यक्ष गिरिले बहुमतमा रहेको कार्यपालिका बोर्ड एमालेको भएको र तत्कालीन प्रधानमन्त्रीको सहयोग र समन्वयमा भएकाले अन्य राजनैतिक दललाई अनावश्यक भ्रम जनतामा नछर्न चेतावनी दिए ।

    गाउँपालिका उपाध्यक्ष एवं एमाले संसदीय दल हल्दिबारीका नेता गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष जितेका रविन्द्र लिङ्देनले पाँच वर्षसम्म राज्यको सुविधा उपभोग र भाषण गर्नुबाहेक केही नगरेको बताउदै गिरिले ।‘कसरी बजेट माग्ने , कोसंग बजेट माग्ने ज्ञान नभएकाहरु कहिल्यै पनि बजेट माग्न मन्त्रालय गएनन् ’उनले भने,‘चिट दिएर , सामाजिक संजालमा लेखेर र बढाइचढाइ गर्दैमा बजेट आउँदैन ।’ अध्यक्ष लिङ्देनले हामीले ल्याएको योजनालाई लत्याउने काम गरि बिकास बिरोधि गतिविधि गरेको आरोप लगाए ।
    आफुले गाउँपालिकाको गाडी या अन्य सवारीको नाममा कुनै सुबिधा नलिएको बताउदै हल्दिबारीमा भएका विभिन्न विकास निर्माणका विषयमा राप्रपा, माओवादी र अन्य केही राजनैतिक दलले जनतामा भ्रम पैदा गर्न लागि परेको बताए ।
    नेकपा एमाले र उपाध्यक्षको पहलमा गाउँपालिकामा हालसम्म भएका केहि महत्वपूर्ण कार्यहरु उल्लेख गरेका छन् ।
    क. स्वास्थ्यतर्फः
    १. जनताको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्धेश्यले जनता उपचार सहायता परिचालन कोष संचालनमा ल्याईएको, जसबाट करिव ६ सय जना हल्दिबारीवासीहरु लाभान्वित हुनु भयो ।
    २.स्वास्थ्यसम्बन्धी सामान्य सेवा लिन पनि बिर्तामोड, भद्रपुर लगायतका मोफसलका शहरहरुमा आश्रित रहनु परेको तथ्यहरुलाई समेत विश्लेषण गर्दै साविकको तीनवटै गाविसलाई समेट्ने गरी तीनवटा प्याथोलोजील्याव सेवा संचालन गरिएको छ । साथै वर्षको १२ पटकसम्म ल्याब सेवा लिन आउने ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र सहीद तथा बेपत्ता परिवारका सन्तति तथा गर्भवती महिलाहरुलाई निःशुल्क सेवा उपलब्ध गराईएको ।

    Advertisement

    ३. स्वास्थ्य संस्थाविहीन हल्दिबारी वडा नं ३ र ५ मा समेत आधारभूत स्वास्थ्य सेवाकेन्द्र संचालनमा ल्याईएको छ ।
    शिक्षातर्फः
    १.हामी सबैको ईच्छा अनिवार्य निःशुल्क शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ सम्मको पठनपाठन समेत निशुल्क गराईएको छ ।
    २. हल्दिवारी माविमा पठनपाठन भईरहेको माध्यमिक तहको प्राविधिक शिक्षा (बाली विज्ञान) समेतलाई निःशुल्क गरिएको छ । हाल ८३ जनाले निःशुल्क वाली विज्ञान अध्ययन गरिरहेका छन् ।
    ३. कम्प्यूटर शिक्षा समेतलाई प्रवद्र्धन गर्ने उद्देश्यले हल्दिबारी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा सुविधायुक्त कम्प्यूटर ल्याब तथा कम्प्यूटर शिक्षकहरुको व्यवस्थापन गरि कम्प्युटर शिक्षालाई समेत अनिवार्य गरिएको छ ।
    ४. मानसिक विकासको साथसाथै शारीरिक विकास समेतमा ध्यान दिँँदैै खेलकुदको क्षेत्रमा समेत आफ्नो पहिचान स्थापित गर्ने उद्धेश्यले खेल तथा योग शिक्षकहरुको व्यवस्थापन गरिएको ।
    ५. सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा जङ्कफुड निषेध गरी पोषणयुक्त खाजा उपलब्ध गराउने उद्धेश्यले सबै सामुदायिक विद्यालयमा आफ्नै चमेना गृह निर्माण गरिएको छ ।

    Advertisement

    ६. लोपोन्मुख मेचे समुदायको भाषा संरक्षणका लागि सोही समुदायका विद्यार्थीहरुलाई लक्षित गरी श्री दीपेन्द्र प्रा.वि. मा मेचेहरुको मातृभाषामा पठनपाठन गर्न स्थानीय पाठ्यक्रम तयार गरी आवश्यक व्यवस्थापन मिलाईएको ।

    कृषि तथा पशुपालनतर्फः
    १. हल्दिबारीको बाचा झापाभरी माछा कार्यक्रम संचालन गरी माछापालन व्यवसाय गर्ने र गर्न चाहने कृषकहरुको लागि अनुदानको व्यवस्था मिलाईएको । जसबाट करिव ३० विघा क्षेत्रफलमा माछापोखरी विस्तार भई व्यावसायिक रुपमा माछा उत्पादन हुन थालेको छ ।
    २. पशु नश्ल सुधार कार्यक्रममार्फत सुत्केरी भएका गाई भैंसीलाई प्रोत्साहन स्वरूप एक हजार रुपैयाँ सुत्केरी भत्ता सम्बन्धित कृषकलाई उपलब्ध गराउने आवश्यक व्यवस्था गरिएको

    (३) भूमिगत सिंचाईका करिव हजार कृषक घरपरिवारलाई अनुदानमा सिंचाई मोटर उपलब्ध गराइएको छ । जसबाट हल्दिबारी गाउँपालिकाको थप १५ सय विघा जमिनमा सिंचाई सुविधा पुगेको छ ।

    ४ .भुतेनी तथा भुसुडी खोला सिंचाई अन्तरगत ३ किमि पक्की सिंचाई नाला निर्माणको कार्य यसै आवमा सम्पन्न हुने गरि व्यवस्था मिलाईएको छ भने गत आवमा भुतेनी खोलाबाट सिंचाईको लागि २५० मि. पक्की नाला निर्माण सम्पन्न गरिएको छ ।

    पर्यटनतर्फः१. भेलागढी सामुदायिक बनको हाताभित्र लोकतान्त्रिक शहीद स्मृति पार्कमा आधारभूत संरचनाहरुको निर्माणको कार्य अन्तिम चरणमा रहेको ।
    २. द्रोणाचार्य पर्यटकीय मार्ग निर्माणको लागि ट्रयाक खोलि २५०० मिटर ग्राभेल गरिएको ।
    ३. हल्दिबारी गाउँपालिका वडा नं ४ मा रहेको पाथिभरा पर्यटकीय क्षेत्रलाई धार्मिक पार्कको रुपमा विकास गर्ने कार्यलाई प्रारम्भ गरिएको ।
    ४. हल्दिबारी गाउँपालिका वडा नं ५ मा रहेको सोडागान्धी सिमसार क्षेत्रलाई जैविक चिडियाखानाको रुपमा विकास गर्न पर्यापर्यटनको अवधारणा अनुरूपका कार्यक्रमहरु संचालन गर्न आवश्यक व्यवस्थापन गरिएको ।

    पूर्वाधारतर्फ

    १.प्रथम गाउँसभाले काठे पुलमुक्त गाउँपालिका घोषणा अनुसार ९७ स्थानमा स्ल्याव कल्भर्ट निर्माण सम्पन्न गरिएको छ।

    हल्दिबारी गाउँपालिका क्षेत्रभित्र जम्मा ४३७०० मिटर कालोपत्रे सडक निर्माण गरिसकिएको ।

    हल्दिबारी गाउँपालिका क्षेत्रभित्र जम्मा ३४५०० मिटर कालोपत्रे सड़क निर्माणको क्रममा रहेको ।

    – पालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा रहेको
    –३ नं वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको
    – ५ नं वडा कार्यालय निर्माणको क्रममा रहेको
    –वडा नं ३ र ५ को लागि आधारभूत स्वास्थ्य सेवाकेन्द्र भवन निर्माण सम्पन्न गरिएको ।

    – वडा नं २ मा गरिव तथा विपन्न परिवारको सामूहिक आवासको लागि १३ वटा आवास निर्माण सम्पन्न भई हस्तान्तरण गर्न बाँकी रहेको छ ।
    –पालिकाका विभिन्न स्थानमा गरिव तथा विपन्न परिवारको लागि ३३ वटा आवास निर्माण गरि हस्तान्तरण समेत गरिसकिएको छ ।
    – हल्दिबारी नमुना माध्यमिक विद्यालयको लागि तीनतले ९ कोठे विद्यालय भवन निर्माण सम्पन्न गरिएको ।
    –लक्ष्मी माध्यमिक विद्यालयमा लक्ष्मी माध्यमिक विद्यालयमा १८ वटा व्यावसायिक सटर सहितको
    बहुउद्देश्यीय विद्यालय भवन निर्माण गरिएको ।
    – अन्य विभिन्न विद्यालयहरुको गरि जम्मा १३ वटा विद्यालय भवन निर्माण गरिएको ।
    –जागृति क्याम्पस भवन निर्माण गरिएको ।

    कच्ची सड़क
    – सडक ग्राभेल १२५ किमि भन्दा वढी
    –स्तरोन्नति ८५ किमि भन्दा वढी
    खानेपानीः

    –८६ किमि खानेपानी विस्तार
    – ५०० विपन्न घरधुरीमा निशुल्क

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.