बिर्तामोड, चैत २४ । स्थानीय तहको निर्वाचनका लागि एमालेका तर्फबाट बिर्तामोडका दशैवटा वडाको वडाध्यक्षका लागि उम्मेदवार सिफारिस भएको छ ।
चारवटा वडामा सर्वसम्मत र अन्यमा मतदानबाट उम्मेदवार छनौट गरी सिफारिस गरिएको हो । बिर्तामोडको वडा नं ३ ,५, ६ र १० मा सर्वसम्मत उम्मेदवार छनौट भएका हुन् । बिर्तामोड वडा नं ३ मा युवा व्यक्तित्व मदन बुढाथोकी वडाध्यक्षका लागि सिफारिस भएका छन् ।
त्यस्तै वडा नं १० को वडाध्यक्षमा रिमानध्वज लोक्ताम सिफारिस भएका छन्। त्यस्तै बिर्तामोड वडा नं ५ मा राजेन्द्रप्रसाद लिङ्देनलाई दोहोर्याउने गरी वडाध्यक्षमा सिफारिस गरिएको छ ।
यस्तै वडा नं ६ मा बुद्धिराम भट्टराई , उमेश खतिवडा , अनिता कन्दङ्वा , देवी नेपाललगायत सिफारिस भएका छन् । उनीहरुमध्येबाट एकजनालाई वडाध्यक्षमा सिफारिस गरिने एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए ।
त्यस्तै अन्य वडाहरुमा मतदानबाट वडाध्यक्षको उम्मेदवार टुंगो लगाइएको छ । मतभारका आधारमा सबैभन्दा बढी मत ल्याउने आकांक्षीलाई सिफारिस गरिएको नगर अध्यक्ष भट्टराईले बताए । बढी मतभारका आधारमा वडा नं १ मा अग्नी पाण्डे ,२ मा किशोर कुमार पौडेल , ७ मा अविरल कृष्ण खरेल , ८ मा विष्णु प्रसाद भट्टराई , ९ मा हरि चौलागाई वडाध्यक्ष उम्मेदवारका लागि सिफारिस भएका छन् । वडा नं ४ मा छविलाल विश्वकर्मा सिफारिस भएका छन् ।







